कोरोना अपडेट : आज एक अंकमा संक्रमण पुष्टि संख्या स्थिर, आज ६६ जनाले कोरोना जितेका छन्, निधन शुन्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, July 16, 2021

कोरोना अपडेट : आज एक अंकमा संक्रमण पुष्टि संख्या स्थिर, आज ६६ जनाले कोरोना जितेका छन्, निधन शुन्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज एक अंकमा स्थिर रहेको छ । हिजो  र आज ४/४ जनामा संक्रमण पुष्टि भई संक्रमित पुष्टि हुने संख्या स्थिर हुन गएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार आज साउन १ गते ४ जनामा संक्रमण पुष्टि हुन आएको छ । आज थप ६६ जनाले कोरोना जित्न सफल भएका छन् भने कसैको पनि निधन भएको छैन । 

        यसप्रकार आज नयाँ संक्रमित थप भएसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ११७ पुगेको छ । हालसम्म जिल्लामा कोरोना जित्नेको संख्या आज ६६ जना थप भई कुल संख्या एक हजार ९३१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १५२ रहेका छन् ।

        आजका संक्रमितहरू जिल्लाका दुई नगरपालिकाका मात्र छन् । आज सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।

        बेसीशहर नगरपालिका– ६ का  १८ वर्षका पुरुष तथा राइनास नगरपालिका– ७ का २१ वर्षका पुरुष र वडानं– ८ का ३७ वर्षका पुरुष र २३ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज कोरोनाका कारण कसैको पनि निधन भएको छैन ।  

        स्मरणीय छ, आज कोरोना संक्रमित एक अंकमा झरेको लगातार दोस्रो र जम्मा नवौं दिन हो । यसअघि एक अंकमा सबैभन्दा कम असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । हिजो र आज ४/४ जनामा संक्रमण पुष्टि हुन आएको छ । त्यस बाहेक एक अंकमा संक्रमित फेला परेका अन्य दिनहरूमा असार २९ गते ७ जनामा, असार २७ र २६ गते ७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना, त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा पुष्टि भएको थियो ।

        जिल्लामा निषेधाज्ञा आज साउन १ गतेबाट १० गतेसम्मका लागि थप भएको छ । 

No comments:

Post a Comment