अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)का विरुद्धको खोप जोडतोडका साथ लगाउने कार्य भइरहेको छ । खोपमा सरकारले प्राथमिकता तोकेर निर्धारण गरेको संख्याभन्दा पनि भिन्न कोण अर्थात पहुँचका आधारमा लगाइएको हो कि ? भन्ने आशंका आम सर्बसाधारणबाट गरिएको छ । लमजुङ जिल्ला अस्पतालमा साउन १ गते खोप लागउन आउनेहरूको संलग्न दृश्यले के कस्तो भएको होला भन्ने पाठक वर्ग आफैले अनुमान गर्न सक्नु हुनेछ ।
कोरोना भाइरस विरुद्धको खोप सबैले पाउनु पर्छ, अवश्य पनि हो । तर त्यसरी छेलोखेलो हुने गरी पर्याप्त मात्रामा खोप आई नसकेको अवस्थामा प्राथमिकता निर्धारण हुनु स्वभाविक हो । यस पटकको खोपलाई सरकारले तोकेको मापदण्डमा ५५ वर्ष माथिका नागरिक, शिक्षक, विद्यालयका कर्मचारी, यातायात साधनका चालक, सहचालक र वैदेशिक रोजगारमा जानेहरू भनिएको छ । तर तस्विरमा देखिएका व्यक्तिको दृश्यले के झल्काउछ होला ? आफै आंकलन गर्न सक्नु्हुन्छ ।
आज बेसीशहर नगरपालिकामा ७१८ जना महिला समते एक हजार ३२७ जना, मध्यनेपालमा ९२६ जना, राइनासमा छ सय जना, दूधपोखरी गाउँपालिकामा ५४ जना, दोर्दी गाउँपालिकामा १६९ जना, मर्स्याङ्दी गाउँपालिकामा १४६ जना र क्ब्होलासोथर गाउँपालिकामा ८२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर एम बरालले बताउनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकाबाट रेकर्ड आउन बाँकी छ ।
तस्विरमा हेर्नुहोस् लमजुङ जिल्ला अस्पतालमा खोप लगाउन लाइनमा बस्नेहरूको दृश्य ।
No comments:
Post a Comment