अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्यामा उतारचढाब भइरहेको छ । हिजो संक्रमण शुन्य देखिएर खुशीको सञ्चार भएकोमा आज भने २१ जना नयाँ संक्रमण पुष्टि भएको छ । आज साउन ८ गते एक ४ वर्षीया बालिका सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना जित्नेको संख्या ५ जना थप भएका छन् भने कोरोनाको कारण निधन भएको छैन ।
आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १९६ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार २९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १३२ जना रहेको छ ।
आज पनि चार पालिकामा संक्रमित फेला परेका छन् । आज मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् ।
संक्रमितहरूमध्ये बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस बाहेक सुन्दरबजार नगरपालिकाका ६ जना, राइनास नगरपालिकाका ४ जना र मर्स्याङ्दी गाउँपालिका– १ का ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, तनहूँको भानु नगरपालिकामा स्थायी बसोबास भई लमजुङ बस्ने २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि हुन आएको छ ।
आज अधिक उमेरमा ५८ वर्षीया दुई जना महिला तथा कम उमेरमा ४ वर्षीया बालिका छन् । उनीहरू क्रमशः बेसीशहर नगरपालिका– २ र सुन्दरबजार नगरपालिका– ९ का हुन् ।
आज बेसीशहर नगरपालिका– ३ का २० र ३६ वर्षीया महिला, वडानं– ७ का २१ वर्षका पुरुष र ५८ वर्षीया दुई महिला, वडानं– ८ का ३१ र ४० वर्षका पुरुष तथा २८ र ३५ वर्षीया महिलामा संक्रमण भएको छ । त्यस्तै, सुन्दरबजार नगरपालिका– ३ का ४५ वर्षीया महिला, वडानं– ९ का २० वर्षका पुरुष, सोही वडाका ४ वर्षीया बालिका, २४, २७ र ३५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, राइनास नगरपालिका– ५ का २९ वर्षका पुरुष, २४ र ४९ वर्षीया महिला, वडानं– ८ का ५७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज थप ५ जनाले कोरोना जितेका छन् भने जिल्लामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । आज संक्रिय संक्रमितको कुल संख्या १३२ रहेको छ ।्
स्मरणीय छ, हिजो साउन ७ गतेका दिनमा संक्रमण शून्य अंकमा झरेर खुसीको सञ्चार गराएकोमा आज फेरि २१ जना थप भई विडम्बनापूर्ण स्थिति उत्पन्न हुन गएको छ ।
No comments:
Post a Comment