अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या बढ्न थालेको छ । पछिल्ला तीन दिनमा त्यो संख्या बढ्दै गएको हो । आज साउन ६ गते दुईजना बालबालिकासँगै २३ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना जित्नेको संख्या २१ जना थप भएका छन् । आजका दिनमा कोरोनाको कारण निधन हुने संख्या भने छैन ।
आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १७५ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार २४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ११६ जना रहेको छ ।
आज चार पालिकामा संक्रमित फेला परेका छन् । तीमध्ये बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस बाहेक मध्यनेपाल नगरपालिकाका ७ जना, राइनास नगरपालिका– ४ जना र मर्स्याङदी गाउँपालिका– ९ का ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
आज अधिक उमेरमा ६० वर्षका दुई जना पुरुष तथा कम उमेरमा १५ वर्षीया बालिका छन् । उनीहरू क्रमशः मध्यनेपाल नगरपालिका– ३ र ६ तथा राइनास नगरपालिका– ६ का हुन् ।
आज बेसीशहर नगरपालिका– ३ का ५५ वर्षका पुरुष र ५० वर्षीया महिला, वडानं– ७ का ३३ वर्षका पुरुष र ५४ वर्षीया महिला, वडानं– ८ का ५० वर्षका पुरुष तथा ३० र ३७ वर्षीया महिला, वडानं– ११ का ५६ वर्षका पुरुष तथा २५ र ३२ वर्षीया महिलामा संक्रमण भएको छ । त्यस्तै, मध्यनेपाल नगरपालिका– २ का ४८ वर्षका पुरुष, वडानं– ३ का ६० वर्षका पुरुष, वडानं– ६ का ३३, ३५ र ६० वर्षका पुरुष, ४२ र ५६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी, राइनास नगरपालिका– ६ का १५ वर्षका बालक, १६ वर्षीया बालिका, वडानं– ७ का ५० वर्षका पुरुष तथा ४७ वर्षीया महिलामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज थप २१ जनाले कोरोना जितेका छन् भने जिल्लामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । आज संक्रिय संक्रमितको कुल संख्या ११६ रहेको छ ।्
स्मरणीय छ, साउन ४ गतेका दिनमा संक्रमण एक अंकमा झरेर ७ जनामा कायम रहेको थियो भने हिजो ५ गतेको दिन १६ जनामा पुष्टि भएको थियो । आज त्यो संख्या बढेर २३ पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
No comments:
Post a Comment