अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज फेरि दुई अंकमा चढ्यो । आज साउन ५ गते २० जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना जित्नेको संख्यामा २१ जना थप भएको छ भने कोरोनाका कारण थप एक जनाको निधन भएको छ । आजको दिन पनि बालबालिका संक्रमित भएका छैनन् ।
आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १५२ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार ३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ११४ जनामा कायम छ ।
आज चार पालिकामा संक्रमित फेला परेका छन् । तीमध्ये मध्यनेपाल र राइनास नगरपालिकामा ५÷५ जना, सुन्दरबजार नगरपालिकाका २ जना, बेसीशहर नगरपालिका– ६ का ४० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, तनहूँ जिल्लाको भानु नगरपालिका ३३ वर्षका पुरुष, व्यास नगरपालिकाका ३८ वर्षीया महिला तथा कास्कीको रुपा गाउँपालिकाका ४८ वर्षीया महिला लमजुङ बस्नेहरूमा संक्रमण पुष्टि भएको छ ।
आज अधिक उमेरमा ५५ वर्षका पुरुष तथा १७ वर्षीया किशोरी छन् । उनीहरू क्रमशः राइनास नगरपालिका– ५ र मध्यनेपाल नगरपालिका– ३ का हुन् ।
आज मध्यनेपाल नगरपालिका– ३ का १७ वर्षीया किशोरी र ५० वर्षीया महिला, वडानं– ४ का ५३ वर्षका पुरुष, वडानं– ६ का ४२ वर्षका पुरुष र वडानं– ९ का ५३ वर्षका पुरुषमा संक्रमण भएको छ । त्यस्तै, राइनास नगरपालिका– ५ का ५५ वर्षका पुरुष र ४५ वर्षीया महिला, वडानं– ७ का ५० वर्षीया महिला, वडानं– ८ का ४७ वर्षका पुरुष तथा ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिका– ६ का ४४ वर्षका पुरुष तथा वडानं– ९ का ५० वर्षका पुरुषमा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज थप २० जनाले कोरोना जितेका छन् भने जिल्लामा संक्रिय संक्रमितको कुल संख्या ११४ रहेको छ ।
No comments:
Post a Comment