अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट आज असार १० गतेका दिन १६ जना नयाँ संक्रमितका पुष्टि भएको छ । आज जिल्लामा थप एक जनाको निधन भएको छ ।
आज सबैभन्दा धेरै संक्रमित क्ब्होलासोथर गाउँपालिकामा ११ जना, बेसीशहर नगरपालिका र दूधपोखरी गाउँपालिकामा २/२ जना तथा राइनास नगरपलिका– ८ मा ३० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । क्ब्होलासोथर गाउँपालिकामा आज अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा कम उमेरका संक्रमित ८ वर्षका बालक छन् भने अधिक उमेरमा ५८ वर्षीया महिला छन् । उनीहरू दुवै क्ब्होलासोंथर गाउँपालिका– ९ का भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्ब्होलासोंथर गाउँपालिका– वडानं– ९ गिलुङ टक्सार हो ।
आज क्ब्होलासोंथर गाउँपालिका– ९ मा ८ वर्षका बालक, २७, ५७ र ५८ वर्षका पुरुष तथा २८ वर्षका दुईजना, ४०, ५०, ५१, ५४ र ५८ वर्षका महिला संक्रमित फेला परेका छन् ।
बेसीशहर नगरपालिका– १ का २३ वर्षका पुरुष र वडानं– ३ का १९ वर्षीया महिलामा संक्रमण पुष्टि हुन आएको छ भने दूधपोखरी गाउँपालिका– १ का ४८ वर्षीया महिला तथा वडानं– ६ का ४५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार सक्रिय संक्रमितको संख्या ४६७ जना रहेका छन् ।
स्मरणीय छ, हिजो १८ जनामा संक्रमण पुष्टि भएको थियो भने अस्तिका दुई दिन ७ र ८ गतेका दिन जिल्लाका संक्रमित संख्या स्थिर १७/१७ जना रहेको थियो । कोरोनाका कारण निधन हुने आज एक जना थप भर्ई २६ जना पुगेको छ ।

No comments:
Post a Comment