नेपाल सांस्कृतिक संघको केन्द्रद्वारा पत्रकार महासंघ जिल्ला शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्षलाई सम्मान - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, June 24, 2021

नेपाल सांस्कृतिक संघको केन्द्रद्वारा पत्रकार महासंघ जिल्ला शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्षलाई सम्मान

अन्तरङ्ग सम्वाददाता

लमजुङ– नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्य समितिद्वारा नेपाल पत्रकार महासंघ लमजुङ शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष परमेश्वर अधिकारीलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलको प्रमुख आतिथ्यता उक्त कार्यक्रम असार १० गते बेसीशहरमा भएको हो । 

        सांस्कृति संघका केन्द्रीय सभापति तीर्थ थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई स्वागत तथा जिल्ला अध्यक्ष अधिकारीलाई सम्मान गर्नुका साथै स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको हो । 

        पत्रसंघका जिल्ला अध्यक्ष अधिकारीलाई काँग्रेसका जिल्ला सभापति पौडेल र संघका अध्यक्ष थापाले संयुक्त रुपमा पत्रकार महासघ लमजुङका सभापति परमेश्वर अधिकारिलाई सम्मानपत्र हस्तान्तरण गर्दै नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो । प्रमुख अतिथि पौडेलले पत्रकारहरूलाई एकमुष्ठ बधाई दिदै कार्यकालको सफलताको कामना गर्नु भयो । 

        प्रमुख अतिथि पौडेलले पत्रकारहरूले जाखिमका बीचमा पनि गर्दै आएको कार्य सराहनीय भएको बताउँदै पत्रकारहरू अप्ठेरोमा परेमा सहयोग गर्न आफू सदैव तयार  रहेको बताउनु भयो । उहाँले मानिस जन्मदेमा तानाशाह नहुने तर पद पाएर काम गर्र्दै जाँदा तानाशाह हुने ऐतिहासिक घट्नाक्रमका उदाहरण दिनु भएको   थियो । 

        सो अवसरमा सांस्कृतिक संघका सभापति थापाले नेपाल पत्रकार महासघ लमजुङद्वारा जिल्लामा स्थापना गरेको कल्याणकारी कोषमा ११ हजार १११ रुपैयाँ,  एक कार्टुन मास्क र १० लिटर स्यानिटाईजर समेत शाखालाई हस्तान्तरण गर्नु भएको थियो । थापाले फ्रन्ट लाईनमा बसेर आफ्नो ज्यानसमेत जोखिममा राखेर काम गर्ने पत्रकारहरूका लागि सम्भावित जोखिमबाट केही हदसम्म भने पनि बचाउ गर्न सहज हुने भएकोले आफ्नो संस्थाकोतर्फबाट स्वास्थ्य सामग्री सहयोग गर्न आवश्यक छ भनेर सहयोगका लागि आएको बताउनु भयो । 

        पत्रकार महासंघका अध्यक्ष अधिकारीले प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आफूलाई सम्मानित गर्नु भएकोमा थप हौसला मिलेको बताउनुभयो । 

        उक्त कार्यक्रममा सांस्कृतिक सघका महामन्त्री शिवशंकर रिजाल, सदस्य लेखबहादुर पुन तथा लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापा लगायत पत्रकारहरूको सहभागिता थियो ।

        कार्यक्रम सञ्चालन गर्दै संघका प्रवक्ता महेश प्रसाईले लमजुङ जस्तो साहित्य र संस्कृतिले भिजेको राष्ट्रकवि माधव घिमिरे तथा कृष्ण सुधा, बिमाकुमारी दुरा, राजु परियार जस्ता कलाकार जन्माउने भूमिका आएर कार्यक्रम गर्न पाएकोमा गौरवबोध भएको बताउनु भयो । 

        साँस्कृतिक सँघका केन्द्रीय अध्यक्ष तीर्थ थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन संघका प्रवक्ता महेश प्रसाईले गर्नु भएको थियो ।

No comments:

Post a Comment