चेम्बरद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, June 23, 2021

चेम्बरद्वारा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अन्तरङ्ग सम्वाददाता

सुन्दरबजार चेम्बर अफ कमर्सले आज दुई स्वास्थ कार्यलयलाई स्वास्थ सामग्री हस्तान्तरण गरेको छ । भोटेओडार शहरी स्वास्थ केन्द्र सुन्दरबजार नगरपालिका– ९ लाई र भोटेओडार स्वास्थ चौकी सुन्दरबजार नगरपालिका– ८ लाई असार ९ गते ती सामग्री हस्तान्तरण गरिएको हो । 

 अक्सिजन सिलिन्डरमा लाग्ने फ्लो मिटर ६ थान, अक्सिमिटर ३ थान, थर्मल गन १ थान, फेस शिल्ड ८ थान केन्द्रका प्रमुख संकल्प गुरुङलाई सुन्दरबजार चेम्बर अफ कमर्सका उपाध्यक्ष निपेन्द्र श्रेष्ठले सुन्दरबजार नगरपालिका– ९ हस्तान्तरण गर्नु भएको हो । त्यस्तै उक्त संस्थाका उपाध्यक्ष श्रेष्ठले भोटेओडार स्वास्थ चौकी सुन्दरबजार नगरपालिका– ८ का प्रमुख कल्पना ढकाललाई अक्सिमिटर १ पिस , फेस शिल्ड ४ थान  थर्म मिट्रर १ थान हस्तान्तरण गर्नु भएको छ ।

        सुन्दरबजार चेम्बरको सामाजिक उत्तर दायित्व अन्तरगत बर्तमान परिवेशमा दुई स्वास्थ्य चौकीलाई स्वास्थ सामग्री हस्तान्तरण गरेको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु  भयो ।

No comments:

Post a Comment