अन्तरङ्ग सम्वाददाता
बेसीशहर । लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को १८ जना आज संक्रमितका नयाँ असार ९ गते थप भएका छन् । आज जिल्लामा हुने गरेको निधन शून्य छ ।
आज सबैभन्दा कम उमेरका संक्रमित ३ वर्षीया बालिका छन् भने अधिक उमेरमा ७० वर्षीया छन् । उनीहरू क्रमशः राइनास नगरपालिका– ५ र क्ब्होलासोंथर गाउँपालिका– ४ का भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज बसैभन्दा धेरै संक्रमित बेसीशहर नगरपालिकाका ७ जना, मध्यनेपाल नगरपलिकाका ५ जना, राइनास नगरपालिकामा ३ जना र क्ब्होलासोथर गाउँपालिका– ४ का ६ वर्षका बालक र ७० वर्षीया बृद्ध महिला छन् भने सुन्दरबजार नगरपालिका– ७ का ३० वर्षीया महिला छन् ।
आज बेसीशहर नगरपालिका– २ का ५९ वर्षीया महिला, वडानं– ३ का ४० वर्षका पुरुष र ३४ वर्षीया महिला, वडानं– ७ का २० वर्षका पुरुष र ५० वर्षीया महिला छन् भने वडानं– ९ का ६२ वर्षका पुरुष, वडानं– १० का ४४ वर्षका पुरुषमा संक्रमण पुष्टि हुन आएको छ ।
मध्यनेपाल नगरपालिका– १ का ३१, ४५, ४९ र ६६ वर्षका पुरुष तथा ४१ वर्षीया महिला छन् ।
राइनास नगरपालिका– ५ का ३५ वर्षका पुरुष तथा ३ र २५ वर्षीया महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार सक्रिय संक्रमितको संख्या ४५२ जना रहेका छन् ।
स्मरणीय छ, हिजो र अस्ति जिल्लाका संक्रमित संख्या स्थिर १७ जना रहेको थियो ।

No comments:
Post a Comment