लमजुङमा फेरि एकसाता थपियो निषेधाज्ञा, अब सहकारी पनि २ बजेसम्म र पसलहरू ११ बजेसम्म खुल्न पाउने - अन्तरङ्ग
1620215557

Wednesday, June 23, 2021

demo-image

लमजुङमा फेरि एकसाता थपियो निषेधाज्ञा, अब सहकारी पनि २ बजेसम्म र पसलहरू ११ बजेसम्म खुल्न पाउने

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना संक्रमितको संख्या नघटे पछि एकसाताका लागि निषेधाज्ञा थप भएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले पुनः थप एकसाताका लागि निषेधाज्ञा असार १७ गतेसम्मका लागि जारी गर्नु भएको छ । 

Cdo+Ni

        थप भएको निषेधाज्ञा असार १७ गते राती १२ बजे सम्मका लागि जिल्लाभर लगाईने भएको हो । तर यसपटक सहकारी संस्थाहरू पनि १० बजेदेखि २ बजेसम्म खुल्न पाउने भएका छन् । त्यस्तै, पसलहरू विहान ११ बजेसम्म खुल्न पाउने भएका छन् । ती पसल यसअघि विहान ९ बजेसम्म मात्र खुल्दै आएका थिए । 

        प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलद्वारा जारी आदेश विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ । सदरमुकाममा मात्र नभएर गाउँगाउँमा पनि कोभिडका बिरामी कम नभएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको निर्णय गरेको जनाएको छ । 

        प्रशासनले एम्बुलेन्स, खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द गर्ने प्रशासनले जनाएको छ ।

        लमजुङमा दैनिकजसो कोभिड– १९ का बिरामी भेटिदै आएका छन् । विभिन्न लक्षणसहित उपचारका लागि अस्पताल गएका बिरामीहरूमा पनि कोभिड पुष्टि हुने क्रम जारी छ । आज असार ९ गते जिल्लामा १८ जना नयाँ संक्रमित फेला परेका छन् भने हिजो र अस्ति दुवै दिन १७ जनाका दरले संक्रमित फेला परेका थिए । 

        लमजुङमा कोरानाका सक्रीय संक्रमितको संख्या एक हजार ८४२ जना रहेको छ भने एक हजार ३६५ जनाले कोरोना जित्न सफल भएका छन् । त्यस्तै, ४५२ जना सक्रिय संक्रमित रहेका छन् भने २५ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Pages