यात्रुसँग तेब्बर बढी भाडा असुल्ने ८ जना प्रहरी फन्दामा, ४७ वटा सवारीलाई कारवाही - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, June 30, 2021

यात्रुसँग तेब्बर बढी भाडा असुल्ने ८ जना प्रहरी फन्दामा, ४७ वटा सवारीलाई कारवाही

अन्तरङ्ग सम्वाददाता

काठमाडौं– यात्रुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिने ८ जना बस व्यवसायीहरू प्रहरी फान्दामा परेका छन् । त्यस्ता आठ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको ट्राफिक महाशाखाले असार १६ गते बताएको हो । 

        बन्दाबन्दीको बोलमा अप्ठेरोमा परेका यात्रुलाई सहयोग गर्ने बहानामा काठमाडौं बाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ वसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको प्रमुख एसएसपी जनक भट्टराईले बताउनु भयो । उहाँका अनुसार पक्राउ पर्नेहरूमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिम बहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् । उहाँले भन्नुभयो, ‘उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको छ ।’

        त्यस्तै, काठमाडौबाट बा १६ च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाईलीलाई पक्राउ परेको प्रहरी भनाई छ । रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएको खुलेको छ । त्यस्तै, चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरूसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा लिने २५ बर्षका झनकबहादुर घिमिरेलाई घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सहित पक्राउ परेका हुन । उनले सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ती ब्यक्तिहरूलाई आबश्यक कारवाहीको लागी प्रहरी बृत्त गौशालामा बुझाइएको छ । 

        काठमाडौ उपत्यका बाहिरने यात्रुहरूसँग बढी भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको हो । उहाँले भन्नुभयो, ‘जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको छ ।’

        निषेधाज्ञाको अबधीमा उपत्यका बाहिर जाने यात्रुहरूसँग तोकिएको भन्दा आठ गुणाबढी सम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरूलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताउनु भयो । उहाँका अनुसार ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।

No comments:

Post a Comment