लमजुङमा कोरोना अझै घटेन : आज नयाँ २० जना संक्रमित थपिए, आज मृत्यू र निको हुने शून्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, June 25, 2021

लमजुङमा कोरोना अझै घटेन : आज नयाँ २० जना संक्रमित थपिए, आज मृत्यू र निको हुने शून्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को संक्रमण अझै घटेको छैन । हिजोको तुनलामा आज असार ११ गते ४ जना थप भएर नयाँ संक्रमित हुने संख्या २० पुगेको छ । आज जिल्लामा कोरोनाबाट निधन हुनेको संख्या शून्य भने कोरोना जित्नेको संख्या पनि थपिन सकेको छैन । 

        आज सबैभन्दा धेरै संक्रमित सुन्दरबजार नगरपालिकामा ९ जना, मध्यनेपाल नगरपालिकामा ८ जना, बेसीशहर नगरपालिकामा २ जना तथा राइनास नगरपलिका– १ मा २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । 

        आज सबैभन्दा कम उमेरका संक्रमित ११ वर्षका बालक छन् भने अधिक उमेरमा ६९ वर्षीया महिला छन् । उनीहरू क्रमशः सुन्दरबजार नगरपालिका– २ र मध्यनेपाल नगरपालिका– ४ का हुन् । 

        आज सुन्दरबजार नगरपालिका– २ का ११ वर्षका बालक, २६ र ५८ वर्षका महिला संक्रमित भएका छन् भने वडानं– ६ का २७ र ५३ वर्षका पुरुष, वडानं– ७ का ५७ वर्षीया महिला, वडानं– ९ का ५६ वर्षीया महिला तथा ५७ र ६२ वर्षका पुरुष छन् । 

        मध्यनेपाल नगरपालिका–  ४ का ४४ वर्षका पुरुष, ६९ वर्षाीया महिला, वडानं– ६ का १५ वर्षीया बालिका छन् । त्यस्तै, सोही वडाका ३१, ३४ र ५२ वर्षीया महिला, वडानं– ७ का ४२ वर्षका पुरुष तथा ६३ वर्षीया महिला संक्रमित फेला परेका छन् ।

        बेसीशहर नगरपालिका– ८ का ४१ वर्षीया महिला र वडानं– ११ का ३८ वर्षीया महिलामा संक्रमण पुष्टि हुन आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार सक्रिय संक्रमितको संख्या जिल्लाभर ४८७ जना रहेको छ ।

        स्मरणीय छ, यसअघिका चार दिनसम्म लगातार २० भन्दा कम संख्यामा संक्रमित फेला परेको भएता पनि आज भने त्यो संख्या २० पुगेको हो । जुन हिजो असार १० गतेको तुलनामा ४ जनाले बढी हो भने ९ गतेको तुलनामा २ जना बढी हो । त्यसअघिका दुई दिन अर्थात असार ७ र ८ गतेका दिन जिल्लामा संक्रमित संख्या स्थिर १७÷१७ जना रहेको थियो । आज कोरोनाबाट निधन हुने संख्या नभएर खुशी थपिएको छ । जिल्लामा हिजोका दिनसम्म कोरोनाबाट निधन हुने संख्या २६ जना पुगेको छ भने कोरोना जित्ने संख्या एक हजार ३६५ जना रहेको प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।  

No comments:

Post a Comment