चेम्बरको सुमन नेपाली बचाउ अभियानमा डेढ लाख बढी संकलन, सहयोग आउने क्रम जारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, June 6, 2021

चेम्बरको सुमन नेपाली बचाउ अभियानमा डेढ लाख बढी संकलन, सहयोग आउने क्रम जारी

अन्तरङ्ग सम्वाददाता

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्सले सुमन नेपाली बचाउ अभियान शुरु गरेको थियो । सो अभियानमा जेठ २३ गते साँझसम्म डेढ लाख बढी संकलन भएको छ । 

        भानु नगरपालिका– १० सिमल चौर, चोक चिसापानी, तनहूँ निवासी सुमन नेपालीको दुबै मृर्गौला फेल भई हाल चरक मेमोरियल हस्पिटल पोखरामा उपचार भइरहेको छ । उहाँको दैनिक डायलिसका साथै मृगौला फेर्नु पर्ने स्थिति छ । तर पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर भएका कारणले आर्थिक सहयोगका लागि उहाँको श्रीमती अर्चना लम्साल सम्पर्क– ढडज्ञघछज्ञघटण्ण् बाट अनुरोध आएबाट सुन्दरबजार चेम्बर अफ कमर्सले सुमन नेपाली बचाउ अभियान शुरु गरेको विदितै छ । 

उपचाररत सुमन नेपाली ।

        सो अभियानमा जेठ २३ गते साँझसम्म कुल एक लाख ५१ हजार ५२१ रुपैयाँ संकलन भएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार सहयोग आउने क्रम जारी छ र उक्त अभियानमा सहयोग गर्नु हुने समाजसेवी दाता महानुभावहरूमा क्रमशः यस प्रकार  हुनुुहुन्छ । 

        लमजुङको सुन्दरबजार नगरपालिका– ७ ढकाल किराना स्टोर्सका प्रोप्राइटर रामशरण ढकालबाट पाँच हजार रुपैयाँ, सोही वडाका संगीता अधिकारीले पाँच हजार १० रुपैयाँ, भानु नगरपालिका– १० दुधेकुना निवासी गीता रावलले एक हजारस ११ रुपैयाँ, सोही स्थानकी मैयादेवी सापकोटाबाट पाँच हजार पाँच रुपैयाँ प्राप्त भएको छ । यसैगरी, काकिमाटी, तनहूँ निवासी उपेन्द्रबाबु तिवारीले एक हजार पाँच रुपैयाँ, सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटी निवासी राजकुमार श्रेष्ठले एक हजार पाँच रुपैयाँ, सुन्दरबजार– ७ हाल अमेरिका प्रल्हाद ढुंगानाबाट १० हजार रुपैयाँ, दोर्दी गाउँपासलिका– ८ निवासी मिलन मिजारले एक हजार पाँच रुपैयाँ प्रदान गर्नु भएको छ ।

        त्यसैगरी, अन्य दाता महानुभावमा मिना रावल भानु– १० दुधेकुनाबाट एक हजार ११ रुपैया, सोही गाउँ निवासी सूर्य सापकोटाबाट एक हजार पाँच सय पाँच रुपैयाँ, राजन मिश्र सुन्दरबजार नगरपालिका– ७ बाट दुई हजार रुपैयाँ, धिरज सापकोटा सुन्दरबजार– ७ बाट दुई हजार रुपैयाँ, पवन ढकाल भानु– १० तनहूँ, हाल दुबईबाट चार हजार रुपैयाँ, साजन ढकाल भानु– १०बाट तीन हजार रुपैयाँ, मन्जु कुँवर भानु– १० बाट एक हजार ११ रुपैयाँ, भावना सापकोटा सुन्दरबजार– ७ बाट तीन हजार रुपैयाँ, केशव सापकोटा सुन्दरबजार– ७ बाट एक हजार पाँच सय रुपैयाँ, अम्बिका साप्कोटा सुन्दरबजार– ७ बाट एक हजार पाँच सय रुपैयाँ, कृष्णकुमार श्रेष्ठ सुन्दरबजार– ६ बरेटारबाट दुई हजार पाँच सय रुपैयाँ, मैयाँ थापा रावल काठमाडौंबाट दुई हजार रुपैयाँ, प्रवीण (नारायण) सापकोटा सुन्दरबजार– ७ हाल दुबईबाट दश हजार दश रुपैयाँ, देबु मजाकोटी सुन्दरबजार– ३ दुराडाँडाबाट दुई हजार १० रुपैयाँ, दिपक ढुंगाना भानु– ११ राम्चे हाल काठमाडौंबाट एक हजार पाँच सय रुपैयाँ, मदन श्रेष्ठ सुन्दरबजार– ६ बाट पाँच हजार रुपैयाँ, इन्दु सापकोटा भानु– १० हाल काठमाडौंबाट पाँच हजार ५१ रुपैयाँ प्राप्त भएको छ । 

        यसैगरी, अन्य परोपकारी भावनाका मनकारी महानुभावहरूमा दीपेन्द्र रावल भानु– १० बाट पाँच हजार ५१ रुपैयाँ, राजकुमार ढुंगाना भानु– ११ राम्चे बाट तीन हजार रुपैयाँ, फूलमाया सापकोटा सुन्दरबजार– ७ बाट एक हजार एक सय रुपैयाँ, दामोदर तिमिल्सिना भानु– ११ बाट दुई हजार पाँच रुपैयाँ, अर्बिन्द ढुंगाना सुन्दरबजार– ७ बाट तीन हजार रुपैयाँ, अमृता ढुंगाना भानु– ११ बाट पाँच हजार पाँच रुपैयाँ, मोहन सापकोटा सुन्दरबजार– ७ बाट आठ हजार दुई रुपैयाँ, मोनिक सापकोटा सुन्दरबजार– ७ बाट एक हजार एक सय रुपैयाँ, कुमार सापकोटा सुन्दरबजार– ७ बाट एक हजार एक सय १५ रुपैयाँ, उत्तम सापकोटा सुन्दरबजार– ७ बाट एक हजार एक सय २० रुपैयाँ, रबिन्द्र क्षेत्री सुन्दरबजार– ७ बाट तीन हजार एक सय रुपैयाँ, चोलाकुमारी सापकोटा सुन्दरबजार– ९ बाट एक हजार पाँच रुपैया सहयोग प्राप्त भएको छ । 

        अन्य सहयोगी मनहरूमा रत्नकुमारी सापकोटा सुन्दरबजार– ७ बाट तीन हजार १० रुपैयाँ, बुद्धी सापकोटा सुन्दरबजार– ७ बाट पाँच हजार पाँच रुपैयाँ, प्रताप ढुंगाना भानु्– ११ बाट दुई हजार रुपैयाँ, हरिबहादुर खत्री भानु– ११ बाट दुई हजार रुपैयाँ, रबिन्द्रकुमार श्रेष्ठ चितवनबाट दुई हजार पाँच सय रुपैयाँ, बिष्णु रावल भानु– १० हाल काठमाडौंबाट एक हजार एक सय रुपैयाँ, फ्युचर प्लास्ट कम्पनी दुबईमा कार्यरत आठ जनाबाट ११ हजार १५ रुप्ैयाँ, नाम नबताउने सर्तमा काठमाडौबाट पाँच हजार रुपैयाँ, मिलन अधिकारी क्षेत्री सुन्दरबजार– ६ हाल काठमाडौले यो अभियानमा २ हजार एक सय पाँच रुपैयाँ आर्थिक सहयोगको प्रदान गर्नु भएको छ । 

        यसैगरी, अन्य महानुभावमा सन्तकुमार श्रेष्ठ  बेसीशहरबाट १५ हजार ५५ रुपैयाँ र श्री राम पोख्रेल सुन्दरबजार– ७ ले पाँच हजार रुपैयाँ, अर्चना लम्सालको बैंक खातामा नगद जम्मा गरीदिनु भएको छ । यसरी कुल एक लाख ५१ हजार ५२१ रुपैयाँ यो अभियानमा संकलन भएको छ । सहयोग गर्नु हुने सम्पूर्ण दाताहरूप्रति यसै समाचारमार्फत सादर नमन गर्दै हार्दिक अभार व्यक्त गर्दछु  सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘समाजसेवा गर्न इच्छुक परोपकारी अन्य मनहरूलाई सुमन नेपालीलाई बचाउनका लागि आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्दछु ।’


No comments:

Post a Comment