जन दबाब पछि सांसदका छोरा पक्राउ गर्न प्रहरी बाध्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, June 6, 2021

जन दबाब पछि सांसदका छोरा पक्राउ गर्न प्रहरी बाध्य

अन्तरङ्ग सम्वाददाता

विराटनगर– जनदबाब पछि प्रहरीले सांसदका छोरालाई पक्राउ गरेको छ । रक्सीले मातेर सांसद आमाले चलाउँदै आएको कार चलाई त्यसको ठक्करबाट एक मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते बनाई फरार रहेका प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविनलाई प्रहरीले घट्नाको तीन दिन पछि जेठ २३ गते पक्राउ गरेको हो । 

प्रहरीले राजनीतिक शक्ति केन्द्रको आड र दबाबमा उनलाई पकाउ गर्न आनाकानी गर्दै आएको थियो । तर, चौतर्फी दबाबपछि काँग्रेस सांसद विन्दियाका छोरा रविनलाई प्रहरीले पक्राउ गरेको हो । 

जेठ २० गते राती साढे सात बजे सो घट्ना भएको थियो । उनले आफ्नी आमा प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार हाँक्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । त्यस्तै, मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

मृतक र घाइते दुबै विराटनगर– ४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार भएको खुल्न आएको छ ।

कार्कीलाई अपराहन्न विराटनगरको बरगाछी उनकै घरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनु भयो । उहाँका अनुसार कार्कीलाई ‘सवारी ज्यान मुद्दामा’ म्याद थप भएको   छ । खड्काले भन्नुभयो, ‘कार्कीलाई अदालतले अनुसन्धानका लागि म्याद थप गरेसँगै अनुसन्धान अघि बढेको छ ।’

No comments:

Post a Comment