अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा संक्रमित संख्या बढ्ने क्रम जारी छ । जेठ २३ गते पाँच जना बालबालिका सहित ५७ जना नयाँ संक्रमित थप भएका छन् । जिल्लामा संक्रमितको संख्या एक हजार ३३३ जना पुगेको छ । कोरोनाका कारणले ज्यान गुमाउने संख्या १९ पुगेको छ । आज कोरोना जित्ने संख्या ६४ जना थप भएको छ । योसँगै जिल्लाका कोरोना जित्न सफल हुने कुल संख्या ६३४ जना पुगेका छन् ।
आजका संक्रमितमध्ये सबैभन्दा धेरै राइनास नगरपालिकाका २१ जना, दूधपोखरी गाउँपालिकामा १७ जना, दोर्दी गाउँपालिकामा ८ जना, बेसीशहर नगरपालिकामा ६ जना, मध्यनेपाल नगरपालिकामा २ जना संक्रमित फेला परेको छन् भने क्ब्होलासोंथर गाउँपालिका– १ का ५० वर्षीया महिला, मर्स्याङ्दी गाउँपालिकामा ७ का ४७ वर्षका पुरुष र सुन्दरबजार नगरपालिका– ९ का ४६ वर्षका पुरुष गरी १÷१ जना संक्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्ति अनुसार आज संक्रमित हुनेमा पाँच जना बालबालिका छन् । उनीहरूको सबैभन्दा कम उमेर ९ वर्षीया बालिकादेखि सबैभन्दा बढी ८४ वर्षका बृद्ध संक्रमित भएको पाइएको छ । उनीहरू दुवै राइनास नगरपालिका– ४ का हुन् । सो वडाका अन्य संक्रमितमा १२ वर्षका दुई र १६ वर्षका बालक, १८, २५, २६ वर्षका दुईजना र ३१ वर्षका पुरुष छन् भने २५, २६, ३३ र ३५ वर्षीया दुई महिला संक्रमित भएका छन् ।
दूधपोखरी गाउँपालिका– १ का २१ र ५२ वर्षका पुरुष, २३ वर्षीया दुईजना र ३५ वर्षीया महिला, वडानं– २ का १९, २५ र ५३ वर्षका पुरुष तथा ७२ वार्षीया महिला, वडानं– ४ का ४२ वर्षका पुरुष, वडानं– ६ का ४५ र ७० वर्षका पुरुष तथा १९, २३, २५, ५० र ५८ वर्षीया महिला रहेका छन् ।
दोर्दी गाउँपालिका– २ का ३६ वर्षका पुरक्ष, वडानं– ३ का ३८ वर्षका पुरुष, वडानं– ४ का २० वर्षका पुरुष, वडानं– ५ काम १८ वर्षका पुरुष, वडानं– ६ का ४० वर्षका पुरुष, वडानं– ७ का ५८ वर्षका पुरुष, वडानं– ८ का ६० वर्षका पुरुष र वडानं– ९ का ४३ वर्षीया महिला संक्रमित भएका छन् ।
बेसीशहर नगरपालिका– ९ का ४० वर्षका पुरुष तथा १४ वर्षीया बालिका, २३, २६, ३४ र ३९ वर्षीया महिला संक्रमित भएका छन् । त्यस्तै मध्यनेपाल नगरपालिका– ६ का १८ र २६ वर्षीया महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज थप ६४ जनाले कोरोना जित्न सफल भएका छन् । योसँगै जिल्लामा कोरोना जित्नेको कुल संख्या ६३४ पुगेको छ ।

No comments:
Post a Comment