अन्तरङ्ग सम्वाददाता
लमजुङ– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)बाट प्रभावित महिलाहरूले राहत पाएका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला समिति, लमजुङले जिल्लामा प्रभावित महिलालाई उक्त राहत वितरण कार्य हालै गरेको हो ।
सञ्जालकी जिल्ला अध्यक्ष राधादेवी श्रेष्ठ, सचिव बिमला पौडेल र कोषाध्यक्ष कान्ता घिमिरे लगायत समितिको पहलमा कोभिड प्रभावित महिलाहरूलाई राहत वितरण गर्ने काम हालै गरिएको हो ।
सो कार्यका लागि तरंगित फाउण्डेसनको आर्थिक सहयोग गरेको सञ्जालकी जिल्ला अध्यक्ष राधादेवी श्रेष्ठले बताउनु भयो ।
राहत स्वरुप प्रति व्यक्ति दस हजार रुपैयाँ बराबरका खाद्यान्न सामग्री वितरण गरिएको सञ्जालका कोषाध्यक्ष कान्ता घिमिरेले बताउनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिका– ३ का तीन जना, वडान ७ की एक जना, मर्स्याङदी गाउँपालिका– की एक जना र दोर्दी गाउँपालिकाकी एक जना गरी जम्मा छ जनालाई राहत बितरण गरियोको हो ।
कोभिड पीडित एकल महिलालाई उक्त राहत प्रदान गरेको सञ्जालका अध्यक्ष राधादेवीले जानकारी दिनु भयो ।
No comments:
Post a Comment