विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकामा राजस्वको दर हैन दायरा बढाउन जोड दिइएको छ । नगरपालिकाको आव ०७८÷७९ को बजेट निर्माणका लागि राजस्व परामर्श समितिको हालै सम्पन्न बैठकमा छलफलमा उक्त विषयमा जोड दिइएको हो ।
नगरपालिकाको राजस्व परामर्श समितिको दुई दिने बैठकले ‘राजस्वको दर होइन दायरा बृद्दि गर्न’ गर्नु पर्नेमा सहमत भएको छ । त्यसका लागि ढुङ्गा बालुवा, गिट्टीलाई व्यवस्थित समयमा नै टेण्डर गरी राजस्व सँकलन गर्न, अनलाईन राजस्व सम्बन्धमा व्यवसायीहरूलाई तालिम प्रदान गर्ने, धेरै कर तिर्ने स्थानिय व्यवसायीलाई सम्मान गर्न, राजस्व परामर्श समितिका सदस्यहरुलाई नगर परिषदमा उपस्थिति गराउन उपयुुक्त हुने जस्ता विभिन्न रचनात्मक सुझावहरू पेश भएको प्राप्त भएको योजना शाखा प्रमुख ऋषि राम पौडेलले बताउनु भयो ।
राजस्व परामर्श समितिको बैठकको नगरपालिकाको समितिका संयोजक उपमेयर ज्ञानु शाहको अध्यक्षतामा भएको थियो । उक्त बैठकमा सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र आमन्त्रित हुनुहुन्थ्यो । अन्य सहभागीहरूमा सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल, प्रशासन एवम् योजना शाखा प्रमुख ऋषिराम पौडेल, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईका अध्यक्ष डण्डबहादुर सुनार, लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईका अध्यक्ष मानकृष्ण आचार्य सहभागी हुनुहुन्थ्यो ।
यसैगरी, नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णराज खनिया, वडा नम्बर ९ का वडा अध्यक्ष मोति गुरुङ, कार्यपालिका सदस्य भवानी केसी, आर्थिक प्रशासन शाखा प्रमुख नरेन्द्रराज घिमिरे, प्रशासन तथा योजना शाखा प्रमुख ऋषिराम पौडेल, राजस्व विज्ञ रामबाबु श्रेष्ठ, देवीप्रसाद अधिकारी राजस्व फाँट प्रमुख अमृता पुन, सोही शाखाका सहायक हरी कुमाल लगायतको उपस्थितिमा सो बैठक सम्पन्न भएको हो ।
उक्त अवसरमा कार्यक्रमका सो समितिका संयोजक एवम उपमेयर ज्ञानु शाहले राजस्व परामर्श समितिका सदस्यलाई आगामी नगर परिषदमा उपस्थिति गराउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
No comments:
Post a Comment