अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा संक्रमित संख्या आज फेरि चुलिएको छ । हिजो अस्तिका तीन दिन क्रमशः ओह्रालो लागेको संक्रमित संख्या हिजो २५ गते जम्मा ३४ जनामा मात्र संक्रमण भएको तथ्यांक सार्वजनिक हुँदा उत्साहित भएका मनहरूलाई आज जेठ २६ गते हिजोको तुलनामा सय प्रतिशत भन्दा बढी संक्रमित संख्या ७६ जना थप हुँदा खिन्न भएका छन् । यसैकारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा फेरि एकसाताका लागि थप गरेर असार ३ गतेसम्मका लागि बढाएको छ ।
आज आठ जना बालबालिका समेत कुल ७६ जना नयाँ संक्रमित थप भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, जिल्लामा संक्रमितको संख्या एक हजार ४६१ जना पुगेको छ । कोरोनाका कारणले ज्यान गुमाउने संख्या २२ पुगेको छ भने आज जिल्लाका कोरोना जित्न सफल हुने संख्या थप भएन । हिजोसम्म जिल्लामा ७४३ जनाले कोरोना जित्न सफल भएका छन् ।
आज फेला परेका संक्रमितमा सबैभन्दा कम उमेरमा मध्यनेपाल नगरपालिका– ७ का छ वर्षीय बालक तथा अधिक उमेरमा पनि सोही वडाका ८० वर्षका पुरुष रहेका छन् ।
आजका संक्रमितमध्ये सबैभन्दा धेरै बेसीशहर नगरपालिकामा २२ जना, मर्स्याङदी नगरपालिकाका १९ जना, सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा १७÷१७ जना थपिएका छन् । त्यस्तै क्ब्होलासोंथर गाउँपालिका– ९ का १३ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको छ ।
बेसीशहर नगरपालिका– २ का २४ वर्षका पुरुष, ५१ वर्षीया महिला, वडानं– ३ का ३९ वर्षका पुरुष, २५ र ७० वर्षीया महिला छन् भने वडानं– ६ की २१ वर्षीया महिला, वडानं– ७ का ९ वर्षका बालक, २०, ३४, ३५, ४८ र ६५ वर्षका पुरुष तथा २३, २५, २९, ४० र ४९ वर्षीया महिला संक्रमित भएका छन् । त्यस्तै, वडानं– ८ का ५५ वर्षका पुरुष संक्रमित फेला परेका छन् भने वडानं– ९ का ४६ वर्षका पुरुष, वडानं– १० का ६० वर्षका पुरुष र ६५ वर्षीया महिलाका साथै वडानं– ११ का ४३ वर्षका पुरुषमा संक्रमण पुष्टि हुन आएको छ ।
मर्स्याङदी गाउँपालिका– ५ का २५, ४० वर्षका दुईजना र ४८ वर्षका पुरुष तथा सोही वडाका १५, १६का बालिका १८, २१, २८, ३४ र ३५ वर्षीया महिला संक्रमित भएका छन् । वडानं– ९ का ५६ र ६९ वर्षका पुरुष तथा ३१ वर्षका दुईजना, ३९, ५०, ५२ र ६० वर्षका महिला रहेका छन् ।
सुन्दरबजार नगरपालिका– १ का ६० वर्षका पुरुष र ५० वर्षीया महिला, वडानं– २ का ३१ वर्षीया महिला, वडानं– ६ का ४७ वर्षका पुरुष, वडानं– ८ का ४३ वर्षीया महिला, वडानं– ९ का ११ र १६ वर्षका बालक, १८, ३२ र ६४ वर्षका पुरुष तथा १२ वर्षीया बालिका, १७, २८ वर्षका दुईजना, ३३ र ३६ वर्षीया महिला संक्रमित भएका छन् । त्यस्तै, वडानं– ११ का ५१ वर्षीया महिला पनि संक्रमित फेला परेकी छन् ।
यसैगरी, मध्यनेपाल नगरपालिका– ४ मा २० र ५० वर्षीया पुरुष, वडानं– ७ का ६ र ९ वर्षका बालक, ४२, ६६ र ८० वर्षका पुरुषका साथै २३, २९ वर्षका दुईजना, ३१, ३२, ५०, ५६ र ६४ वर्षीया महिलाहरू संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज मर्स्याङ्दी गाउँपालिका– ७ का ५४ वर्षीया महिलाको दुःखद निधन भएको छ । योसँगै जिल्लामा कोरोनाका कारण निधन हुने संख्या २२ पुगेको छ ।
यसैबीच, आज जिल्ला प्रशासन कार्यालयले पालिकास्तरको वस्तुस्थिति झल्कने तथ्यांक समेत सार्वजनिक गरेको छ । सो तथ्यांकमा २५ गतेसम्मको विवरण उल्लेख गरिएको जनाइएको छ । जसअनुसार सबैभन्दा बढी संक्रमित संख्या बेसीशहर नगरपालिकामा ३२२ जना रहेका छन् । तीमध्ये महिला १५९ जना छन् भने सबैभन्दा कम क्ब्होलासोंथर गाउँपालिकामा १९ जना रहेको छ । जहाँ महिला संक्रमित १० जना छन् । त्यस्तै, जिल्ला बाहिरबाट लमजुङ बस्नेको संख्या पनि १९ र महिला संख्या १० नै रहेको छ । बाहिरका संक्रमितहरू निको हुन ११ जना बाँकी छन् भने क्ब्होलासोंथर गाउँपालिकाका ५ जना निको हुन बाँकी छ । बेसीशहरमा भने निको हुन बाँकी संख्या १५६ छ र तीमध्ये महिला ८७ जना छन् ।
यसैगरी, राइनास नगरपालिकामा २४७ जना संक्रमित फेला परेका छन् भने सुन्दरबजार नगरपलिकामा संक्रमित संख्या २२९ रहेको छ । तिनमा क्रमशः निको हुनेको संख्या १२५ र १६२ रहेको छ । तीमध्ये महिला संख्या ५७ राइनासमा र सुन्दरबजारमा ६४ जना छन् । मध्यनेपाल नगरपालिकामा संक्रमितको कुल संख्या १३६ जना रहेको छ । तीमध्ये महिला र पुरुष संख्या बराबर अर्थात ६८÷६८ रहेको छ । सो पालिकामा आजसम्म जम्मा ६५ जनामात्र निकोभएकोमा महिला संख्या २८ रहेको छ ।
गाउँपालिकाको हकमा सबैभन्दा बढी संक्रमित मर्स्याङदी गाउँपालिकामा २०१ जना संक्रमित भएका छन् । तीमध्ये महिला ९६ जना र निको हुनेसंख्या १३४ रहेको र महिला ६६ जनाले कोरोना जित्न सफल भएका छन् । दोर्दी गाउँपालिकामा १३८ जना संक्रमित फेला परेकोमा महिला संख्या ३२ मात्र रहेको छ । ४६ जना निको हुनेमा १८ जना महिला छन् । दूधपोखरी गाउँपालिकामा जम्मा ६८ जनामात्र संक्रमित छन् । तीमध्ये महिला ३७ जना छन् भने ३२ जनाले कोरोना जित्न सफल बनेका छन् । तीमध्ये महिला ८ जना रहेका छन् ।
त्यस्तै, उमेरगत संक्रमणको हिसावमा हेर्दा पाँच वर्ष मुनिका बालबालिका ७ जना रहेका छन् । तीमध्ये तीन जना बालिका हुन् । प्रतिशतका हिसावले संक्रमित बालबालिका ०.५१ प्रतिशत रहेको छ । १८ वर्ष मुनिकाको हकमा ८० जनामध्ये ३६ जना बालिका तथा किशोरी छन् । त्यसपछि ६० वर्षसम्मका संक्रमित संख्या १०४७ अर्थात ७५.९२ प्रतिशत रहेको छ । ६० वर्ष माथिका २४५ जना अर्थात १७.७७ प्रतिशत र तीमध्ये महिला १०२ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।
स्मरणीय छ, यसैकारण जिल्ला प्रशासन कार्यालयले भोलि २७ गते मध्यरातसम्मका लागि जारी गरेको निषेधाज्ञा फेरि एकसाताका लागि थप गरेर असार ३ गतेसम्मका लागि बढाएको एक विज्ञप्तिमार्फज जनाएको छ ।


No comments:
Post a Comment