विष्णुकुमार श्रेष्ठ/ब्युरोप्रमुख अन्तरङ्ग
सुन्दरबजार(लमजुङ)– जिल्लाको सुन्दरबजार नगरपालिका– ५ खहरे स्थित खहरेका स्थानीयबासीले रुम्दी सडक आफ्नै अग्रसरतामा निर्माण गरेका छन् । ३१ मिटर लम्बाइ र ३.७५ मिटर चौडाईको उक्त सडक स्थानीयको पहलमा निर्माण भएको हो ।
उक्त सडक निर्माणका लागि खर्च भएको १ लाख १३ हजार रुपैयाँ बराबरको जनश्रमदान गरी स्थानीयले निर्माण कार्य सम्पन्न गरेका हुन् । तर त्यसको खर्च स्थानीय ३ घर परिवारले बेहोरेको स्थानीय दिलु लामा बताउनु भयो । उहाँका अनुसार बर्षाको समयमा यहाँ रहेका १२ घर परिवारहरू पुरै जोखिममा दिनरात काट्नु पर्ने अवस्था थियो । सोही स्थितिलाई ध्यानमा राखेर स्थानीयले आफ्नै अग्रसतामा सडक निर्माणको काम गरेका हुन् ।
त्यसो त उक्त सडक निर्माणका लागि स्थानीयबासीले पटक पटक सम्बन्धित निकायमा मौखिक तथा लिखित जानकारी गराउँदै माग नगरेका पनि होइनन् । तर त्यो अनुरोध, माग तथा निवेदनउपर कुनै वास्ता नगरिएपछि स्थानीयबासीहरू आफैले १२ दिन लगाएर यो सडक निर्माण गरेको स्थानीय मुमबहादुर गुरुङले बताउनु भयो । सो सडक निर्माण भए पश्चात् अब भने बर्षातको समयमा रात साँझ गरेर घरफर्कदा तथा दिनरातको समयमा पनि मनमा शान्ति हुने र सुख पूर्वक खान बस्न पाइने भयो अर्का स्थानीय पदमबहादुर तमाङ्ले बताउनु भयो ।

No comments:
Post a Comment