विहानै मापसे गरेर हाँकेको गाडी घरमा छिर्यो, गाडी निकाल्ने प्रयास हुँदै, क्षतिको यकिन हुन बाँकी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 8, 2021

विहानै मापसे गरेर हाँकेको गाडी घरमा छिर्यो, गाडी निकाल्ने प्रयास हुँदै, क्षतिको यकिन हुन बाँकी

स्वस्तिका पन्थी/अन्तरङ्ग

धमिलिकुवा(लमजुङ)– लमजुङमा एका विहानै मापसे गरेर हाँकेको गाडी घरमा छिरेको छ । राइनास नगरपालिका– ६ स्थित पाचभाइ चौतारा स्थित राममणि चिलुवालको किराना पसलसमेत रहेको घरमा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । घरमा छिरेको गाडी निकाल्ने प्रयास हुँदै, क्षतिको यकिन हुन बाँकी रहेको प्रहरी भनाई छ । घटना जेठ २६ गते विहान ९.१५ बजे तिर भएको हो । 

        वा ११ च ५६७९ नंबरको जीप घरमा छिर्दा घर पुनः निर्माण गर्नु पर्ने स्थितिमा रहेको स्थानीय प्रहरी विटका हवल्दार कृष्ण थापाले बताउनु भयो । उहाँका अनुसार धमिलिकुवाबाट गरमबेसीतर्फ विद्युतको टावर बनाउन जादै गर्दा उक्त गाडी विद्युतको २२० केभि प्रशारण लाइनको हो । उहाँले भन्नुभयो, ‘चालकले उभिनै नसक्ने गरी मापसे गरेर गाडी हाँकेको हुँदा उक्त दुर्घटना भएको हो ।’ 

        हवल्दार थापाले थप भन्नुभयो, ‘चालक व्यक्तिले गरेको मापसेका कारण आफ्नो नाम समेत राम्रोसँग भन्न नसक्ने अवस्थामा छन ।’ तर पनि उनको नाम हिक्मत अर्याल, घर कञ्चनपुर जिल्ला बताएको थापाले जानकारी दिनुभयो । होस ठेगानमा नभएको अवस्थामा ड्राइभिङ गर्दा गाडि अनियन्त्रित भएको प्रत्यक्षदर्शीले बताए । मपसेबाट ग्रस्त भएका व्यक्तिले आफू २२० केभि प्रशारण लाइनको चालक नभई ईन्जिनियर भएको बताएको प्रहरी भनाई छ ।

        सो घट्नाबाट क्षतिको एकिन हुन सकेको छैन । गाडी झिक्दा घर पुरै लड्ने अवस्थामा छ । घर भने पुरानो र इटा र माटाले बनाएको, जस्ताको छाना भएको, एक तले हो, घरमा रहेको किराना पसलमा समेत क्षति पुगेको छ घट्नास्थलमा रहनु भउका प्रहरी हवल्दार थापाले बताउनु भयो । उहाँका अनुसार कम्पनीको मालिकलाई बोलाइएको छ, दुई पक्षले क्षतिको कति नोक्सान ठहर्छन्, गाडी ननिकालेको हुँदा भन्न सकिने अवस्था छैन । 

No comments:

Post a Comment