आज सुन्दरबजार नगरपालिकामा ४२ जना सहित ५७ जना नयाँ संक्रमित फेला - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, June 16, 2021

आज सुन्दरबजार नगरपालिकामा ४२ जना सहित ५७ जना नयाँ संक्रमित फेला

अपूर्वराज पहाडी/अन्तरङ्ग

बेसीशहर– लमजुङमा कोरोना भाइरसका नयाँ संक्रमित फेला पर्ने क्रम रोकिएको छैन । आज असार २ गते पनि ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।


 
        सुन्दरबजार नगरपालिकामा ४२ जना नयाँ संक्रमितमध्ये ३७ जना वडानं– ११ सिंन्दूरेका मात्र छन् । तीमध्ये चारजना बालबालिका छन् । उनीहरूको उमेर ५, ७ वर्षका बालक तथा १०, १५ बालिका छन् । त्यस्तै सर्वाािध उमेरमा ८८ बर्षीया महिला छन् ।

        उक्त नगरपालिका– ११ का संक्रमितहरूमा ५, ७, १८, २३, २४, ३०, ३२, ३५ बर्षका ३ जना, ३६, ४२, ५०, ५३, ७०, ७७ बर्षका पुरूष छन् । सोही वडाका १०, १५, २३ बर्षका दुई जना, २४ बर्षका दुई जना, २९, ३१, ३४, ३८, ३९, ४७, ५१, ५६, ५९, ६१, ६२ बर्षका दुई जना, ८८ बर्षीया महिला छन् । सोही नगरपालिका– १ का ५४ बर्षका पुरूष र १९, २८, ४९ र ७० बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

        बेसीशहर नगरपालिकाका १० जना संक्रमित थपिएका छन । उनीहरू सबै वडा नं ११ का हुन् । उनीहरूको उमेर १७, २५ बर्षका दुई जना २६, २७, २८, २९, ३९, ४६, ४९ बर्षका सबै पुरूष छन् । 

        यसैगरी, राइनस नगगरपालिका– ६ का एक जना २० बर्षका पुरूष संक्रमित फेला परेका छन् ।  दुधपोखरी गाँउपालिका– ५मा १ जना ६५ बर्षका पुरूष संक्रमित भएको प्रशासन कार्यलयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । उहाँका अनुसार तनहूँ जिल्लाको भानु नगरपालिकामा घर भई हाल लमजुङ बस्ने १ जना २५ बर्षका पुरूष तथा २ जना १९ र ५५ बर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको  छ ।

        आजका दिनसम्म जिल्लामा कुल संक्रमित संख्या एक हजार ७०५ पुगेको छ भने एक हजार २१७ जनाले कोरोना जित्न सफल हुनुभएको छ । निधन हुनेको संख्या २३ जना तथा सक्रिय संक्रमित संख्या ४६५ रहेको जिल्ला प्रशासनले जनाएको छ । 

No comments:

Post a Comment