नवराज पहाडी/अन्तरङ्ग
बेसीशहर– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा आज ३३ जना नयाँ संक्रमित भेटिएका छन् । यी सहित जिल्लाभर कोभिड– १९का संक्रमित एकैदिनमा ४९ जना नयाँ थप भएका हुन् । आज २६ जनाले कोरोना जित्न सफल भएका छन् । यसप्रकार जिल्लामा कुल संक्रमितको संख्या एक हजार ५१० र कोरोना जित्नेको संख्या ७६९ जना रहेको जिल्ला प्रशासन कार्यालयले जेठ २७ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज सबैभन्दा बढी सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडामा ३३ जना सहित सो पालिकामा जम्मा ३५ जना, राइनास नगरपालिकामा ७ जना, बेसीशहर नगरपालिका र क्ब्होलासोथर गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् । यसैगरी, मध्यनेपाल नगरपालिका– ४ का ३६ वर्षीया महिला, दोर्दी गाउँपालिका– ४ का २५ वर्षका पुरुषका साथै तनहूँ घर भई ५६ वर्षका बेसीशहर बस्ने पुरुष छन् ।
आजका संक्रमित मध्ये सबैभन्दा कम उमेरका ८ वर्षीया बालिका हुन् । उनी राइनास नगरपालिका– ४ की हुन् सोही वडाका १४ वर्षका एक एक जना बालक र बालिका पनि छन् । त्यस्तै, अन्य बालबालिकामा सुन्दरबजार नगरपालिका– ३ दुराडाँडाका १२ वर्षका बालिका तथा १४ र १५ वर्षीया बालिका छन् । सोही वडाका २५, २६, ३६, ३७, ३९, ५२, ६०, ६९ र ७८ वर्षका पुरुष छन् । त्यस्तै सोही वडाका २०, २१, २३ वर्षका दुईजना, २५, ३६, ४०, ४५ वर्षका तीनजना, ५६, ५३, ५६, ६०, ६८, ६९, ७०, ७१, ७९, ८४, ८८ र ९१ वर्षीया महिलाहरू संक्रमित भएको फेला परेको छ । यसैगरी, सोही नगरपालिका– २ का २२ वर्ष उमेर भएका पुरुष र महिला छन् ।
बेसीशहर नगरपालिका– ६ का २३ वर्षका पुरुष तथा वडानं– ७ का ४६ वर्षका पुरुषमा संक्रमण भएको छ । त्यस्तै, क्व्होलासोंथर गाउँपालिका– २ का २८ र ५ट वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आज कोरोना जित्ने २६ जना थप भई कुल ७६९ जना पुगेका छन् । जिल्लामा सक्रिय संक्रमितको कुल संख्या ७१९ रहेको छ ।

No comments:
Post a Comment