अन्तरङ्ग सम्वाददाता
पोखरा– स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद एवम् संघको कास्की शाखाका संस्थापक सदस्य यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहेका उनलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकोमा जेठ २७ गते उपचारका क्रममा निधन भएको हो ।
उहाँले स्वतन्त्र पत्रकार संघको मुखपत्र स्वतन्त्र सन्देशको सम्पादक रही स्वायम् सेवा गर्नु भएको थियो । पोखरामा झण्डै ३ दशक पत्रकारिता गरेका बास्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूजमा कार्यक्रम प्रस्तोता, सहसम्पादक र सम्पादक पदका अनुभवी हुनुहुन्थ्यो । उहाँको निधनमा विभिन्न संघसंस्थाद्वारा शोक व्यक्त गरेका छन् ।
आदर्श समाज राष्ट्रिय दैनिकका पूर्व सम्पादक, नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले शोक विज्ञप्तिमार्फत बास्तोलाको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । विज्ञप्तिमा संस्थाले एक विवेकशील र संयमशील व्यक्तित्व गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ ।
यसैबीच, बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जलीसभामा महासंघका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उनले पु¥याएको योगदानमा प्रकाश पार्नु भएको थियो । बास्तोलाको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलगायत पत्रकार सम्बद्ध संघसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुख व्यक्त गरेका छन् ।
बास्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमानदार र यस क्षेत्रको अभिभावक गुमाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा स्व. बास्तोलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
उहाँ आनन्द मार्ग आध्यात्मिक संघ पोखरा शाखाका संस्थापक समेत हुनुहुन्थ्यो । कास्कीको पुरुञ्चौरमा जन्मिएर पोखरा महानगरपालिका– ५ मा स्थायी बासिन्दा बास्तोलाका २ श्रीमती, ३ छोरा र १ छोरी हुनुहुन्छ ।
स्मरणीय छ, यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश) को पनि कोरोना संक्रमण भई निधन भएको थियो ।

No comments:
Post a Comment