कडा बन्दै प्रेस काउन्सिल, ४ अनलाइन कालोसूचीमा, जनताटाइम्स, सेतोपाटीदेखि सञ्चारविज्ञसम्मलाई काउन्सिलले सोध्यो स्पष्टिकरण - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, June 25, 2021

कडा बन्दै प्रेस काउन्सिल, ४ अनलाइन कालोसूचीमा, जनताटाइम्स, सेतोपाटीदेखि सञ्चारविज्ञसम्मलाई काउन्सिलले सोध्यो स्पष्टिकरण

अन्तरङ्ग सम्वाददाता

काठमाडौँ– प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेको विषयमा विभिन्न अनलाइनलाई लिखित पत्र काट्ने र सचेत गराउने गरेको छ । इहिमालयटाइम्स, वीरगञ्जसिटी, एनआरएनखबर र कोशीपाटीलाई अवज्ञाकारी, कालोसूचीमा राखेको एक विज्ञप्ति जारी गरी असार १० गते जनाएको हो । 

        काउन्सिलले तीन पेज लामो विज्ञप्ति जारी गर्दै नेपालआज डटकम, देशसञ्चार डटकम, सेतोपाटी, जनता टाइम्स, रिपोर्टसनेपाल, सफल खबर लगायत १३ वटा अनलाइन र सञ्चार विज्ञ भानुभक्त आचार्यलाई लिखित पत्र काटेको उल्लेख छ ।  काउन्सिलले विज्ञप्तिमा पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको भनिएको छ । 

        यसैबीच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ । सो विज्ञप्तिमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(२) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादन÷प्रकाशन÷प्रसारण र वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समाचार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पु¥याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आमसञ्चारमाध्यमको ध्यानाकर्षण गराइन्छ ।


 यससम्बन्धमा सम्प्रेषित समाचार सामग्रीप्रति काउन्सिलले अनुगमन गरिरहेको समेत जानकारी गराउँदछौँ भन्ने उल्लेख छ । 

No comments:

Post a Comment