आज थपिए १२ जना नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५१ मात्र - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 26, 2021

आज थपिए १२ जना नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५१ मात्र

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोनाका नयाँ संक्रमितको संख्या आज  असार १२ गते १२ जना थप भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ८९० पुगेको छ । हालसम्म एक हजार ६१३ जनाले कोरोना जिती सक्नु भएको छ भने जिल्लामा सक्रिय संक्रमितको संख्या २५१ मात्र रहेको छ । त्यस्तै २६ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ ।

        आज सबैभन्दा धेरै बेसीशहर नगरपालिकामा १० जना संक्रमित थप भएका छन् । त्यस्तै, मध्यनेपाल नगरपािलका– ८ का ५२ वर्षीया महिला तथा राइनास नगरपालिका– ८ का २७ वर्षका पुरुष संक्रमित भएका छन् । 

        आजका संक्रमितमा सबैभन्दा कम उमेरका २७ वर्षका पुरुष र सर्वाधिक उमेरमा ७३ वर्षका एक एक जना पुरुष र महिला हुनुहुन्छ । 

        आज बेसीशहर नगरपपालिका– १ का बर्ष ६२ का पुरुष र बर्ष ३७ वर्षीया महिला, वडा नं ३ का बर्ष ५४ का पुरुष,  वडा नं ७ बस्ने ५९ बर्षका पुरुष तथा वर्ष २८ र ५५ वर्षीया महिल तथा वडा नं ८ का बर्ष २३, ३३ र ७३ वर्षका पुरुष तथा वर्ष ७३ वर्षीया महिलामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजमा जनाइएको   छ । सो विवरण अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या २५१ मात्र रहेको छ । 

No comments:

Post a Comment