आठ जना बालबालिकासहित आज ३१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, June 11, 2021

आठ जना बालबालिकासहित आज ३१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोभिड– १९का संक्रमितहरू आठ जना बालबालिका सहित आज ३१ जना नयाँ संक्रमित भेटिएका छन् । जिल्लामा कुल संक्रमितको संख्या एक हजार ५४१ पुगेको र आज कोरोना जित्नेको संख्या थप भएको छैन भने आज मृत्यु पनि थप नभएको सुखद खबर रहेको जिल्ला प्रशासन कार्यालयले जेठ २८ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

        आज सबैभन्दा बढी मध्यनेपाल नगरपालिकामा १० जना, राइनास नगरपालिकामा आठ जना, दोर्दी गाउँपालिकामा सात जना, बेसीशहर नगरपालिकामा पाँच जना र क्ब्होलासोथर गाउँपालिका– १ का ११ वर्षका बालक एक जना संक्रमित थपिएका छन् । 

        आजका संक्रमित मध्ये सबैभन्दा कम उमेरका मध्यनेपाल नगरपालिका– ५ का ७ वर्षका बालक छन् भने सर्वाधिक उमेरमा दोर्दी गाउँपालिका– २ का ८१ वर्षका बृद्ध छन् । सोही वडाका १२ वर्षका बालक तथा ६३ र ६६ वर्षका पुरुष तथा सोही वडाका ११ वर्षीया बालिका तथा ३४ र ३५ वर्षीया बालिका रहेका छन् । 

        राइनास नगरपालिका– २ का १७ वर्षका दुईजना, २९, ४० र ७० वर्षका पुरुष तथा २घ र ४७ वर्षका महिला संक्रमित भएका छन् भने सोही नगरपालिका– ३ का १७ वर्षका किशोर पनि संक्रमित भएको फेला परेको छ । 

        मध्यनेपाल नगरपालिका– ६ का ११ वर्षका दुईजना, १२ र १४ वर्षका बालक, १० र १६ वर्षका बालिका, ३०, ४० र ५६ वर्षीया महिला संक्रमित भएका छन् । 

        बेसीशहर नगरपालिका– १ का ३० वर्षीया महिला, वडानं– २ काअ २१ वर्षीया महिला, वडानं– ७ को ६५ वर्षीया महिला, वडानं– १० को ५७ वर्षका पुरुष तथा वडानं– ११ का ६० वर्षीया महिलामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आज कोरोना जित्नेको संख्या आज थप भएन भने मृत्यु पनि थप भएको छैन ।  

No comments:

Post a Comment