अन्तरङ्ग सम्वाददाता
लमजुङ । लमजुङमा छोराले चलाएको ट्याक्टर दुर्घटनामा बाबुको मृत्य भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेको राईनास नगरपालिका– ४ घर भएका ६० वर्षीय रामवहादुर कुमालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
रातको समयमा दुर्घटना ट्याक्टरले किचेर बाबु घट्नास्थलमा नै मृत्युभएको हुँद घाइते अवस्थामा रहेका छोराको उद्दार गरिएको तर बाबुलाई बिहान मात्र डोजर लगेर शव झिकिएको प्रत्यक्षदर्शीहरूले बताए ।
सो दुर्घटना राइनास नगरापलिका– ८ स्थित मध्यपहाडी लोकमार्गको तार्कुघाट खण्डको भैंसीखोला ग १ च ५६९४ नम्वरको ट्याक्टर गए राती करिब डेढ वजे भएको प्रहरी चौकी धमिलिकुवा– तार्कघाटका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण थापाले बताए । उनका अनुसार दुई टयाक्टरसँगै फर्किदै गर्दा सडकमा अनियन्त्रित भई सडक छेउमा रहेको ढिस्कोमा ठोकिन गई पल्टिदा उक्त दुर्घटना भएको हो । उनले भने, ‘सो ट्याक्टर राइनास नगरपालिका– ९ को सिमघारीमा घर ढलानको काम सकेर सातबीसेतर्फ फर्कने क्रममा दुर्घटना भएको हो ।
सोही दुर्घटनामा घाइते भएका सवारी चालक मृतकका छोरा करिव ३० वर्षका एकबहादुर कुमाललाई राइनास नगरपालिका– ७ स्थित सहोदर सामुदायिक अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । डिस्चार्ज भएका चालक कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।
जिल्ला सदरमुकाम ल्याइएको मृतकको पोष्टमार्टम पछि उनका कान्छा छोरालाई शव बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment