लमजुङमा कोरोना संक्रमित : आज थपिए २९ जना नयाँ संक्रमित, ५५ जना निको - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, June 4, 2021

लमजुङमा कोरोना संक्रमित : आज थपिए २९ जना नयाँ संक्रमित, ५५ जना निको

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा संक्रमित संख्या बढ्ने क्रम जारी छ । जेठ २१ गते २९ जना नयाँ संक्रमित थप भएका छन् । जिल्लामा संक्रमितको संख्या एक हजार १२२३ जना पुगेको छ । आज कोरोना जित्ने संख्या ५५ जना थप भएको छ । योसँगै जिल्लाका कोरोना जित्न सफल हुने कुल संख्या ५९० जना पुगेका छन् । 

        आजका संक्रमितमध्ये सबैभन्दा धेरै सुन्दरबजार नगरपालिका र दूधपोखरी गाउँपालिकामा ९/९ जना, मर्स्याङ्दी गाउँपालिकामा ५ जना छन् । त्यस्तै, बेसीशहर नगरपालिकामा ३ जना संक्रमित फेला परेको छन् भने दोर्दी गाउँपालिका– ८ का ६२ वर्षका पुरुष, क्ब्होलासोंथर गाउँपालिका– १ का ३० वर्षका पुरुष र राइनास नगरपालिका गरी १/१ जना संक्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

        सो विज्ञप्ति अनुसार आज संक्रमित हुनेमा तीन जना बालबालिका छन् । उनीहरूको उमेर सबैभन्दा कम ११ वर्षीया बालिका संक्रमित भएको पाइएको छ र राइनास नगरपालिका– ६ का ८० वर्षका पुरुष सबैभन्दा बढी उमेरका छन् । 

        सुन्दरबजार नगरपालिका– ३ का ६३ वर्षका पुरुष, ५९ र ६० वर्षीया महिला, वडानं– ४ र ५ का दुवै ३१ वर्षीया महिला, वडानं– ६ का १७ वर्षीया किशोरी, वडानं– ७ का १४वर्षका बालक, ८ की १२ वर्षीया बालिका, वडानं– ९ का ३८ वर्षीया महिला छन् । 

        दूधपोखरी गाउँपालिका– ६ का ११, २८, ५५ र ६० वर्षका पुरुष, २८, ४९, ५०, ५९ र ६० वर्षीया महिला संक्रमित फेला परेका छन् । 

        मर्स्याङ्दी गाउँपालिका– ६ का १८ र ५२ वर्षका पुरुष तथा २५, ३० र ४२ वर्षीया महिला रहेका छन् ।  

        बेसीशहर नगरपालिका– ७ का ३१ वर्षका पुरुष तथा ७० वर्षीया दुई महिला संक्रमित भएका छन् भने दोर्दी गाउँपालिका– ८ का ६२ वर्षका पुरुष संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज थप ५५ जनाले कोरोना जित्न सफल भएका छन् । योसँगै जिल्लामा कोरोना जित्नेको कुल संख्या ५९० पुगेको छ ।

No comments:

Post a Comment