लमजुङमा कोरोना संक्रमण घट्दै आज एक बालिका सहित १२ जना मात्र नयाँ संक्रमित फेला, थप २ जना निको - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 8, 2021

लमजुङमा कोरोना संक्रमण घट्दै आज एक बालिका सहित १२ जना मात्र नयाँ संक्रमित फेला, थप २ जना निको

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा संक्रमित संख्या बढ्ने क्रम केही मत्थर भएको छ । जेठ २५ गते १२ जना मात्र नयाँ संक्रमित थप भएका छन् । जिल्लामा संक्रमितको संख्या एक हजार ३७९ जना पुगेको छ । कोरोनाका कारणले ज्यान गुमाउने संख्या २१ पुगेको छ । आज कोरोना जित्ने संख्या २ जना थप भएको छ । योसँगै जिल्लाका कोरोना जित्न सफल हुने कुल संख्या ७४३ जना पुगेका छन् । 

        आजका संक्रमितमध्ये सबैभन्दा धेरै मध्यनेपाल नगरपालिकामा ३ जना, बेसीशहर नगरपालिका र दूधपोखरी गाउँपालिकामा २÷२ जना फेला परेका छन् । त्यस्तै, गोर्खाको पालुन्टार घर भएकी लमजुङ बस्ने ८० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । आजको सर्वाधिक उमेरवाला पनि उहाँनै हुनुहुन्छ । त्यस्तै सबैभन्दा कम उमेरमा मध्यनेपाल नगरपालिका– ६ की १२ वर्षीया बालिका छन् । सोही वडाकी २९ वर्षीया महिला र ३८ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।  

        बेसीशहर नगरपालिका– ३ का ३८ वर्षीया महिला, वडानं– ७ का २७ वर्षीया महिला संक्रमित भएका छन् । दूधपोखरी गाउँपालिका– ३ का ६३ र ६८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । 

        यसैगरी, मर्स्र्याङ्दी गाउँपालिका– ९ का ४३ वर्षका पुरुष, दोर्दी गाउँपालिका– ३ का २२ वर्षका पुरुष, क्ब्होलासोंथर गाउँपालिका– ४ का ४६ वर्षीया महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज राइनास नगरपालिका– ९ का ७७ वर्षीया महिलाको दुःखद निधन भएको छ । नयाँ संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

        स्मरणीय छ, लमजुङ जिल्लामा पछिल्ला तीन दिन लगातार संक्रमण दर घटेको छ । जेठ २३ गते ५७ जना संक्रमित फेला परेकोमा जेठ २४ गते ३४ जना मात्र संक्रमित पुष्टि भएको थियो भने आज २५ गते १२ जनामा मात्र संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसअघि जेठ २२ गते ५३ जना, जेठ २१ गते २९ जना संक्रमित फेला परेका थिए भने जेठ २० गते सात जना बालबालिकासहित ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

No comments:

Post a Comment