पत्रकारहरूलाई पत्रकार महासंघद्वारा सुरक्षा सामग्री वितरण - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 8, 2021

पत्रकारहरूलाई पत्रकार महासंघद्वारा सुरक्षा सामग्री वितरण

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– नेपाल पत्रकार महासंघ लमजुङ शाखाले जिल्लामा कार्यरत पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपलाई ध्यानमा राख्दै फन्टलाइनमा रहेर आम नागरिक समाजमा सूचनाको पहुँच पुर्याउन अहोरात्र खट्ने पत्रकारहरूको स्वास्थ्य सुरक्षा स्थितिलाई ध्यानमा राख्दै लागि स्वास्थ्य सुरक्षा सामग्री जेठ २५ गते वितरण गरेको हो ।


        ती सामग्री महासंघलाई आरसिडिसीको पहलमा वल्र्ड भिजन, माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना र लायन्स क्लव अफ तनहुँ डुम्रेद्वारा सहयोग प्राप्त भएको महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो ।

        सो अवसरमा पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीले गत वर्षको भन्दा कडा खालको कोरोनासँग सामना गरिरहेको र निषेधाज्ञाको मार खेपिरहँदा नेपाल सरकारकाबाट गत वर्षको जत्तिको राहत पनि उपलब्ध भएको अनुभूति गर्न नसकेको बताउनु भयो । उहाँले खासगरी सूचना विभागबाट गतवर्षको जस्तो सदासयताको व्यवहार छापा माध्यमप्रति नगरेको प्रति दुःखव्यक्त गर्दै ध्यानाकर्षण गर्दछु भन्नु   भयो । स्वतन्त्र पत्रकार संँघ नेपालको राष्ट्रिय सल्लाहकार समेत रहनु भएका पहाडीले महासंघ छाता संगठन भनिएझैं व्यवहारमा पनि सबै पत्रकारको अभिभावक बन्न सकोस् भन्ने सुभेच्छा व्यक्त गर्नु भयो ।  

        यसैगरी, महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले कोभिडको यस्तो जोखिमको समयमा पनि पत्रकारहरूले आफ्ना दायित्व नभूलेको प्रति गर्वको अनुभूति भएको बताउनु भयो । उहाँले ९० प्रतिशत विज्ञापन घटेको यो बेलामा पनि छापामाध्यमले आफ्नो जिम्मेवार भूमिका निभइरहेको प्रति सबैतहका सरकारको ध्यान जान र सम्बोधन गर्न जरुरी छ भन्नुभयो । 

        सो अवसरमा जिल्ला अध्यक्ष अधिकारीले आफूले पद सम्हालेको छोटो अवधिमा पनि दीर्घकालीन सोचका साथ पत्रकार कल्याण कोषदेखि भवन निर्माणसम्मका विभिन्न योजना र कार्यक्रम अघि सारेको बताउनु भयो । उहाँले पत्रकार कल्याण कोषमा हालसम्म ३५ हजार रकम जम्मा भइसकेको जानकारी दिनु भयो । उहाँले आफैले पनि केही गरौं भन्ने सोचका साथ पत्रकार कल्याण कोषमा एक एक हजार प्रदान गर्न सबै पत्रकासर साथीहरूलाई आग्रह गरिएको जानकारी दिनु भयो । कार्यक्रममा सहभागी प्रत्येक पत्रकारलाई एक प्याकेट माक्स, सेनिटाइजर र फेस सिल्ड उपलब्ध गराइएको उहाँको भनाई छ । उहाँका अनुसार सो अवसरमा महासंघले जिल्लामा क्रियाशील झण्डै ४० जना पत्रकारहरूलाई सुरक्षा सामग्री वितरण गरिएको छ । 

        निकट भविष्यमै अप्ठेरोमा परेका पत्रकारका लागि केही राहत वितरणका साथै कोराना खोपबाट छुट्नु भएका साथीहरूका लागि त्यसको तयारी भइरहेको पत्रकार महासंघका जिल्ला उपाध्यक्ष शान्ता कमलीले बताउनु भयो ।

No comments:

Post a Comment