अन्तरङ्ग सम्वाददाता
खानीगाउँ(लमजुङ)– कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपका क्रममा संक्रमणले आक्रान्त भएका वडाबासीलाई वडाध्यक्षले आफ्नो खाजाखर्च कटाएर मास्क र स्यानिटाइजर वितरण गर्नु भएको छ । मर्स्याङदी गाउँपालिका– ५ का वडाध्यक्ष लेखमान गुरुङले सो कार्य गर्नु भएको हो ।
मर्स्याङ्दी गाउँपालिका– ५ रगगार्डेन खानीगाउमा कोरोना पोजेटिभ भई होम क्वारेन्टाइनमा रहनु हुने बिरामीहरूलाई वडा अध्यक्ष लेखमान गुरुङले आफ्नो खाजा खर्च कटाई मास्क र स्यानिट्राईजर बितरण गर्नु भएको हो ।
उहाँले आइसोलेसनमा बस्नु भएका ११ जनालाई ती सामग्री वितरण गर्नु भएको खानी गाउँका सामाजिक अभियन्ता कामसार्की गुरुङले बताउनु भयो ।
उहाँका अनुसार सोही गाउँपालिका– ४ निवासी समाजसेवी नरबहादुर गुरुङले पनि साथ दिनु भएको छ । उहाँ पनि लेखमान गुरुङको अभियानमा सरिक हुनुभएर मास्क, स्यानिट्राइजर, कागती लिएर संक्रमितको घरघरमा पुग्नु भएको छ ।नरबहादुर गुरुङले भन्नुभएको छ, ‘गाउँपालिकाका सम्पूर्ण वडाहरू १ देखि ९ सम्मका बिरामीहरुलाई भेटेर स्वास्थ्य सम्बन्धि जनकारी लिने प्रयासमा छु ।
प्रतिकुल परिस्थितिसंग तपाईं हामी लड्दै छौं कुनै कारणले विरामीहरू छुट्नु भएमा क्षमा चाहन्छु । संक्रमण भै बिरामी हुनु भएका सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
हामी सबैले चिकित्सकहरूको निर्देशनको पालना गरौं सुरक्षित रहौं । आफू बाचौं र अन्यलाई पनि बाँच्ने मौका दिऔं गुरुङको अनुरोध छ ।
No comments:
Post a Comment