अन्तरङ्ग सम्वाददाता
लमजुङ । लमजुङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जलविद्युत आयोजनाका ब्लाष्टिङ हेल्परको सामान बोकेर जाने क्रममा २४ बर्षीय जुद्धबहादुर खत्रीको जेठ २५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
ती युवाको स्थायी बसोबास रुकुम पश्चिमको बाफीकोट गाउँपालिका– २ मा घर भएका प्रहरीले जनाएको छ । उनी मर्स्याङ्दी गाउँपालिका– ६ नाँइचेको भिरबाट लडेर जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार ती युवा जलविद्युत आयोजनाको ब्लास्टिङको सामान बोकेर मर्स्याङ्दी गाउँपालिका– ६ को डहरेतर्फ जाने क्रममा एक्कासी भिरबाट खसेका थिए । उनले भने, ‘जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिकामा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत आयोजना ब्लाष्टिङ हेल्परको रुपमा कार्यरत थिए । ब्लाष्टिङका सामग्री बोकेर जाने क्रममा जेठ २४ गते बिहान ११ बजे तिरको समयमा नाँइचेको भिरबाट करिब एक सय मिटर तल खसेर घाइते भएका हुन् ।’
घाइते भएपछि ती युवाको उपचारका लागि दिउँसो सवा १२ बजेको समयमा हेलिकप्टरमार्फत उद्दार गरी ट्रमा सेन्टर काठमाडौं लगिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिउनु भयो । उहाँले भन्नुभयो, ‘उपचाररत रहेकै अवस्थामा आज दिउँसो २ बजे मृत्यु भएको खबर आएको छ । उहाँका अनुसार उनको शवको पोष्टमार्टम समेत गरी मृतकको परिवारलाई बुझाई सकिएको छ ।
मृतक युवक उक्त जलविद्युत आयोजनाको ब्लाष्टिङ हेल्परमा विगत छ महिनादेखि कार्यरत रहेको सो आयोजनाका ठेकेदार ईश्वर पण्डितले बताउनु भयो । उहाँका अनुसार उनको ८ लाखदेखि १० लाख रुपैयाँसम्मको बीमा गरिएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो रेकर्डमा उनको उमेर २४ वर्ष रहेको छ, भिरबाट खसेपछि अबस्बचाउन सकिन्छ कि भन्ने उद्देश्यले हेलिकप्टरबाट समेत काठमाडौं पठाइयो तर उनलाई अस्पताल पनि पुर्याउन पाइएन ।’

No comments:
Post a Comment