पत्रकारलाई धम्की दिएकोप्रति स्वतन्त्रको ध्यानाकर्षण - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, June 20, 2021

पत्रकारलाई धम्की दिएकोप्रति स्वतन्त्रको ध्यानाकर्षण

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङका एक पत्रकारलाई समाचार लेखेकै आधारमा सामाजिक सञ्जालमार्फत धम्की दिइएकोप्रति स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला शाखाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो सम्बन्धमा एक विज्ञप्ति प्रकाशन गरी शाखाका अध्यक्ष खुशीमाया गुरुङले असार ६ गते त्यस्तो बताउनु  भएको हो । 

        अध्यक्ष गुरुङले विज्ञप्तिमा, ‘लोकतन्त्रमा पत्रकारलाई आफ्नो अनुकुल हिडाउन खोज्नु तानाशाही चरित्रको द्योतक हो भने यस्तो हरकत स्वतन्त्र पत्रकारिताको समेत खिलापमा भएको हुँदा त्यस्ता कार्य व्यक्ति वा संघसंस्था जो कोहीबाट पनि हुनु हुँदैन भन्ने स्वतन्त्र पत्रकार संघको अवधारणा रहेको प्रष्ट्याउँदै स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि पत्रकारको जीवन र पेशगत सुरक्षाका लागि सबैसँग अपिल गर्दछौं ।’ भन्नुभएको छ ।

        उक्त विज्ञप्तिको पूर्णविवरण– ‘लमजुङमा कार्यरत सारङ्गी न्यूज डटकमका जिल्ला सम्वाददाता सुरज गुरुङलाई समाचार लेखेकै कारणले सामाजिक सञ्जालमा धम्की सहित, अश्लिल शब्द लेखेर पत्रकारको चरित्र हत्या गर्ने र धम्काउने काम गरेको जानकारीमा आएको हुँदा त्यसतर्फ हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो नियत स्वतन्त्र पत्रकारिताको खिलापमा भएको हुँदा यस्तो कार्यप्रति दुःख व्यक्त गर्दै घोरभत्र्सना गर्दछौं ।

पत्रकार पनि आफ्नो मर्यादामा रहनु पर्दछ । यदि पत्रकारले गलत गरेको खण्डमा त्यसको पनि निमयन गर्ने र पत्रकारलाई सच्याउने निकाय समेत मुलुकमा छन् । लोकतन्त्रमा पत्रकारलाई आफ्नो अनुकुल हिडाउन खोज्नु तानाशाही चरित्रको द्योतक हो भने यस्तो हरकत स्वतन्त्र पत्रकारिताको समेत खिलापमा भएको हुँदा त्यस्ता कार्य व्यक्ति वा संघसंस्था जो कोहीबाट पनि हुनु हुँदैन भन्ने स्वतन्त्र पत्रकार संघको अवधारणा रहेको प्रष्ट्याउँदै स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि पत्रकारको जीवन र पेशगत सुरक्षाका लागि सबैसँग अपिल गर्दछौं ।’ 

No comments:

Post a Comment