बाढीपैरो पीडितलाई १० लाख सहयोग गर्ने निर्णय - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 21, 2021

बाढीपैरो पीडितलाई १० लाख सहयोग गर्ने निर्णय

अन्तरङ्ग सम्वाददाता

काठमाडांैं– जेठ मसान्तधका दिनदेखि अवरिल रुपमा भएको वर्षा र उत्पन्न बाढी पहिलोबाट पीडित भएका परिवारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पहिरोका पीडितलाई १० लाख रुपैयाँ राशि प्रदान गर्ने असार ४ गते निर्णय गरेको हो । 

        बाढी पहिरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रुपैयाँ राशि प्रदान गर्ने निर्णय गरेको हो । भूपाल प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले सो निर्णय गरेको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । 

        उहाँका अनुसार उक्त रकमबाट एभिन्युज टेलिभिजनमार्फत राहत प्रदान गरिनेसमेत भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको छ । 

        स्मरणरीय छ, भूपालमानसिंह कार्की प्रज्ञा परिषद्ले गत वर्ष कोरोना सङ्क्रमणका पीडितका लागि पनि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामग्रीका साथ मास्क गरी ३१ लाख ३० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको थियो । यो वर्ष पनि गत वर्षझै एभिन्युज टेलिभिजनमार्फत उक्त राहत वितरण गरिने भएको हो । 

No comments:

Post a Comment