तरुण दलद्वारा मुठीदानबाट संकलित रकमबाट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण - अन्तरङ्ग
1620215557

Monday, June 21, 2021

demo-image

तरुण दलद्वारा मुठीदानबाट संकलित रकमबाट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कृष्ण आले/अन्तरङ्ग

बेसीशहर– कोरोना भाइरस(कोभिड– १९)को नयाँ भेरियन्टसहितको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल तरुण दलको बेसीशहर– ६ स्थित वडा समितिले मुठीदानबाट संकलित रकमबाट संकलिन रकमबाट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । नेपाली कांग्रेस गाउँकार्यसमितका सभापति सुबेदार नरबहादुर रिमालको प्रमुख आतिथ्यतामा बेसीशहर नगरपालिका– ६ को स्वास्थ्य चौकीमा गएर दलले स्वास्थ्य सामग्री जेठ ७ गते हस्तान्तरण गरेको हो ।

T+Dal

        बेसीशहर नगरपालिका– ६ मा रहेको स्वास्थ्य चौकीलाई १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बेसीशहर नगरपालिका– ६ तरुण दलका अध्यक्ष नारायण आलेले बताउनु भयो । उहाँका अनुसार गाउँका युवाहरूमार्फत मुठीदानबाट उक्त रकम संकलन भएको हो । आलेले भन्नुभयो, ‘सोही रकमबाट स्वास्थ्य सामग्री खरिद गरेर स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो ।’ 

        उक्त अवसरमा बेसीशहर नगरपालिका– ६ नेपाली कांग्रेस कार्यसमितिका सभापति सुबेदार नरबहादुर रिमालले स्वास्थ्य चौकीका प्रमुख अशोक तामाङलाई मास्क, स्यानीटाइजर, अक्सोमिटर, भिटामिन तथा सिटामल लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य चौकीलाई कोभिड लक्षित स्वास्थ्य सामग्री वितरण गरिएको उक्त वडाको तरुण दलका पूर्वअध्यक्ष राजकुमार राउतले जानकारी दिनुभयो ।

        नेपाली कांग्रेस गाउँकार्यसमितका सभापति सुबेदार नरबहादुर रिमालको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य सामग्री वितरणमा बेसीशहर तरुण दलका सभापति विशाल अधिकारी, क्षेत्रीय प्रतिनिधि जितमान तामाङ, चण्डीस्थान स्वास्थ्य समितिका उपाध्यक्ष बुद्धिबहादुर राउत, गाउँकार्य समितिका उपसभापति भक्तमान गुरुङ लगायतको सहभागिता थियो ।

No comments:

Post a Comment

Pages