कोरोना अपडेट : लमजुङमा आज नयाँ १७ जना संक्रमित थपिए - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 21, 2021

कोरोना अपडेट : लमजुङमा आज नयाँ १७ जना संक्रमित थपिए

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को संक्रमितका नयाँ १७ जना आज असार ७ गते थप भएका छन् । आज थप एक जनाको दुःखद निधन भएको छ । आजका दिनसम्म कुल संक्रमित संख्या एक हजार ८०७ पुगेछ । 

        आज सबैभन्दा कम उमेरका संक्रमित १५ वर्षका बालक छन् भने अधिक उमेरमा ८६ वर्षका पुरुष हुनुहुन्छ । उनीहरू क्रमशः मध्यनेपाल नगरपालिका– ६ र बेसीशहर नगरपालिका– १० का भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

        बेसीशहर नगरपालिकाका ६ जना, मध्यनेपालनगरपलिकाका ५ जना, राइनास नगरपालिकाका ४ जना र सुन्दरबजार नगरपालिका– ६ का ४० वर्षीया महिला र तनहूँ व्यास नगरपालिकामा घर भई लमजुङ बस्ने ४८ वर्षका पुरुष छन् । 

        आज बेसीशहर नगरपालिका– २ का २९ वर्षका पुरुष, वडानं– ५ का ४६ वर्षका पुरुष, वडानं– ८ का २९ वर्षका पुरुष, वडानं– ९ का ५५ वर्षका पुरुष, वडानं– १० का ८६ वर्षीया महिला, वडानं– ११ का ४५ वर्षका पुरुषमा संक्रमण पुष्टि हुन आएको छ । 

        मध्यनेपाल नगरपालिका– ४ का ८३ वर्षका पुरुष, वडानं– ५ का ४० वर्षका पुरुष, वडानं– ६ का १५ र २३ वर्षका पुरुष तथा ३० वर्षीया महिला छन् ।

        राइनास नगरपालिका– ४ का ४८ वर्षका पुरुष तथा २० र ५१ वर्षीया महिला छन् । सोही नगरपालिका– ५ का ३८ वर्षका पुरुष संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार हिजो निधन भएका एकजनाको आजको तथ्यांकमा समावेश गरिएको छ, जसअनुसार जिल्लामा कोरोनाका कारण निधन हुनेको संख्या २४ पुगेको छ । त्यस्तै, आजका दिनसम्म कोरोना जित्नेको कुल संख्या एक हजार ८०७ पुगेको छ । यसैगरी, सक्रिय संक्रमितको संख्या ४३२ जना रहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

        स्मरणीय छ, हिजो ६ गते जिल्लाका संक्रमित संख्या शून्य भएको थियो भने ४ गतेका दिनमा संक्रमित संख्या एक अंकमा झरेर ८ जना संक्रमित भएको पुष्टि भएका थिए । 

No comments:

Post a Comment