पत्रकार महासँघले एम्बुलेन्स खरिद गर्ने : स्वतन्त्रद्वारा उक्त कार्यका लागि १५ हजार सहयोग - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 19, 2021

पत्रकार महासँघले एम्बुलेन्स खरिद गर्ने : स्वतन्त्रद्वारा उक्त कार्यका लागि १५ हजार सहयोग

अन्तरङ्ग सम्वाददाता

नेपालगन्ज– स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । त्यसका लागि आर्थिक सहयोग संकलन गर्ने अभियान चलाइएको  छ । स्वतन्त्र पत्रकार संघ नेपालको बाँके शाखाले सो प्रयोजनका लागि नेपाल पत्रकार महासँघ बाँके शाखालाई १५ हजार रुपैयाँ सहयोग असार ५ गते गरेको हो । 

        स्वतन्त्रको जिल्ला शाखाले पत्रकार महासँघको जिल्ला शाखाले खरिद गर्न लागेको एम्बुलेन्सका लागि सहयोग स्वरुप सो रकम हस्तान्तरण गरेको हो । स्वतन्त्र पत्रकार संघ नेपालको बाँके शाखाका अध्यक्ष नमस्कार शाह र राष्ट्रिय पार्षद निरज गौतमले नेपाल पत्रकार महासँघ बाँके शाखा कार्यालयमा गएर महासँघका जिल्ला अध्यक्ष दामोदर भण्डारीलाई नगद १५ हजार रुपैया हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा महासँघका सचिव कमल डाँगीका साथ स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका सचिव वीरेन्द्र जैसी, कार्यकारी सदस्यहरू हेमराज भट्ट, खेम बिष्ट, मुना बिष्ट, तपेन्द्रबहादुर मलाती लगायतको सहभागिता रहेको थियो ।

        उक्त अवसरमा महासँघका जिल्ला अध्यक्ष भण्डारीले उक्त सहयोगका लागि स्वतन्त्र पत्रकार संघलाई धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमै एम्बुलेन्स किन्न जानकारी दिनुभयो ।  

No comments:

Post a Comment