लमजुङमा आज फेरि थपिए हिजको तुलनामा दोब्बर १६ जना संक्रमित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 19, 2021

लमजुङमा आज फेरि थपिए हिजको तुलनामा दोब्बर १६ जना संक्रमित

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को संक्रमित हिजोको तुलनामा आज दोब्बर थपिएका छन् । आज असार ५ गते १६ जनामा संक्रमण पुष्टि भएको हो । 

        आज सबैभन्दा बढी मध्यनेपाल नगरपालिकामा आठ जना, बेसीशहर नगरपालिकामा ६ जना र सुन्दरबजार नगरपालिकामा २ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

        आज दुई जना बालबालिका संक्रमित फेला परेका छन् भने सबैभन्दा बढी उमेरमा ६३ बर्षका पुरुष रहेका छन् । उनी बेसीशहर नगरपालिका– १ का हुन् । बालबालिकामा १० वर्षको बालक छन् । उनी मध्यनेपाल नगरपालिका– १० का हुन् । 

        मध्यनेपाल नगरपालिका– ७ का १० बर्षका बालक तथा ५८ र ६२ वर्षका पुरुष तथा १३ वर्षीया बालिका, १७ र १८ किशोरी तथा ४५ र ६० वर्षीया महिला संक्रमित भएका छन् ।

        बेसीशहर नगरपालिका– १ का ६३ बर्षका पुरुष, वडा नं २ का वर्ष ४३ का पुरुष, वडा नं ३ का बर्ष ५५ का पुरुष, वडा नं ७ बस्ने २४ र ४३ बर्षीया महिला, वडा नं ८ का ३१ बर्षका पुरुष संक्रमित भएका छन् । 

        त्यस्तै, सुन्दरबजार नगरपालिका– ९ का २८ बर्षीया महिला र वडा नं ११ का २६ बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको आधिकारीक फेसबुक पेजमा उल्लेख गरिएको छ । सो विज्ञप्ति अनुसार जिल्लामा कोरोना संक्रमित हुनेको कुल संख्या एक हजार ७९० पुगेको छ । हालसम्म एक हजार ३२९ जनाले कोरोना जित्न सफल भइसक्नु भएको छ । जिल्लामा आजका दिनमा सक्रिय संक्रमितको संख्या ४३७ रहेको छ भने २४ जनाको दुःखद निधन भएको छ । 

        स्मरणीय छ, हिजो संक्रमण संख्या एक अंकमा झरेर नयाँ संक्रमित संख्या जम्मा आठ जना रहेको थियो तर आज फेरि त्यो बढेर १६ पुगेको छ । 

No comments:

Post a Comment