अन्तरङ्ग सम्वाददाता
सुन्दरबजार(लमजुङ)– चेम्बरले निषेधाज्ञा खुलेको तीन महिनासम्ममा कर तिर्न सक्ने समय सीमा निर्धाण गर्न सरकारको ध्यानाकर्षण गरेको छ । सुन्दरबजार चेम्बर अफ कमर्स लमजुङले आज असार ५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो जनाएको हो ।
सुन्दरबजार चेम्बर अफ कमर्स लमजुङका अध्यक्ष विष्णुकुमार श्रेष्ठले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा कोरोनाको दोस्रो प्रकोप र यसका कारण भएको लकडाउनका कारणले गर्दा उद्योग व्यवसायका ठूलो धक्का पुगेको छ ।
यस्तो अवस्थामा सरकारले असार २५ गतेसम्मको समयसीमा दिएर कर दाखिला तथा कर बुझाउन सूचना जारी गरेकोमा सुन्दरबजार चेम्बर अफ कमर्स लमजुङको गम्भिर ध्यानाकर्षण भएको छ भनिएको छ ।
निषेधाज्ञा जारी नै रहेको यस परिस्थितिमा सम्पूर्ण व्यवसायीहरूलाई एउटै दर्जामा राखी कर तिर्न दबाब नदिन सरकारको ध्यानाकर्षण गर्दछौं भन्दै निषेधाज्ञा खुलेको कम्तिमा तीन महिना समय सीमा दिएर उद्योगी व्यवसायीलाई सास फेर्ने वातावरण बनाईदिन आग्रह गर्दछौं उल्लेख गरिएको छ ।

No comments:
Post a Comment