लमजुङमा आज बेसीशहरमा १६ सहित ३४ जना कोरोनाका नयाँ संक्रमित थपिए, थप १०७ जना निको - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 7, 2021

लमजुङमा आज बेसीशहरमा १६ सहित ३४ जना कोरोनाका नयाँ संक्रमित थपिए, थप १०७ जना निको

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा संक्रमित संख्या बढ्ने क्रम जारी छ । जेठ २४ गते ३४ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये बेसीशहर नगरपालिकामा १६ जना थपिएका छन् । जिल्लामा संक्रमितको संख्या एक हजार ३६७ जना पुगेको छ । कोरोनाका कारणले ज्यान गुमाउने संख्या २० पुगेको छ । आज कोरोना जित्ने संख्या १०७ जना थप भएको छ । योसँगै जिल्लाका कोरोना जित्न सफल हुने कुल संख्या ७४१ जना पुगेका छन् । 

        आजका संक्रमितमध्ये सबैभन्दा धेरै बेसीशहरपछि मध्यनेपाल नगरपालिकामा ११ जना, दूधपोखरी गाउँपालिकामा ४ जना फेला परेका छन् । त्यस्तै, राइनास नगरपालिका– १ का ३५ वर्षीया महिला छन् भने तनहूँमा घर भएकी ६० वर्षीया महिला, गोर्खा घर भएका ६३ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

        बेसीशहर नगरपालिका– १ का २५ र ३१ वर्षीया महिला, वडानं– ७ का २३ वर्षका पुरुष र ५५ वर्षीया महिला, वडानं– ८ का ७७ वर्षका पुरुष तथा २६ र ३१ वर्षीया महिला संक्रमित भएका छन् । त्यस्तै, वडानं– ११ का २३, ३५, ५२ र ६६ वर्षका पुरुष तथा २१, ३५, ४१ र ६०  वर्षीया महिला संक्रमित भएका छन् । 

        त्यस्तै मध्यनेपाल नगरपालिका– ७ का ४० वर्षका पुरुष तथा वडानं– ८ का १७, २ज्ञ र ३० वर्षका पुरुष तथा २५, ४८, ६१, ७२, ७३, ७५ र ७८ वर्षीया महिला संक्रमित भएका छन् ।

        दोर्दी गाउँपालिका– ५ का ६० वर्षका पुरुष, वडानं– ६ का १७ र ७३ वर्षका पुरुष तथा २२ वर्षीया महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । 

No comments:

Post a Comment