अन्तरङ्ग सम्वाददाता
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्सको पहलमा थालिएको अक्सिजन सिलिन्डर अभियान अन्तरगत संकलन भएका २५ थान सिलिन्डर हस्तान्तरण गरिएको छ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको प्रमुख आतिथ्यततामा जेठ २४ गते एक कार्यक्रम कार्र्यक्रमका बीच नगरपालिका भित्रका विभिन्न अस्पताललाई ती सिलिन्डर हस्तान्तरण गरिएको हो ।
उपलब्ध सहयोग रकमबाट खरिद गरिएका ती २५ थान अक्सिजन सिलिन्डरमध्ये सो नगरपालिका– ७ स्थित सुन्दरबजार अस्पताललाई १६ थान, सोही नगरपालिका– ३ दुराडाँडा स्थित चन्द्रेश्वर अस्पताललाई ३ थान र वडानं– ९ मा रहेको शहरी स्वास्थ केन्द्र भोटेवडारलाई ६ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अक्सिजन सिलिन्डर तीन लाख पचास हजार खरिद गरिएको हो । उहाँले भन्नुभयो, ‘उक्त अभियान अन्तरगत आजका दिनसम्म कुल पाँच लाख ६० हजार तीन सय २६ रुपैयाँ संकलन भएको छ । पच्चीस थान अक्सिजन सिलिन्डर खरिद गरि बाँकी रहेको दुई लाख १० हजार तीन सय २६ रुपैयाबाट समेत अक्सिजन सिलिन्डर र त्यसका लागि आवश्यक सामग्रीहरू खरिद गरिने भएको चेम्बरका अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले उक्त मानबिय सेवामा सहयोग गर्नु हुने सम्पूर्ण दाताहरूमा सुन्दरबजार चेम्बर अफ कमर्स हार्दिक आभार व्यक्त गर्दछौं भन्नुभएको छ ।
सो अभियानमा आजका दिनसम्म जोडिनु भएका मनकारी समाजसेवी महानुभावहरूमा सुन्दरबजार– ९ फेदिकुना निवासी कर्ण तामाङ हाल कतारबाट पचास हजार, रबिन्द्र मिश्र सुन्दरबजार– ७ तार्कुटार निवासी हाल जापानबाट एक लाख रुपैयाँ, सुन्दरबजार– ७ तार्कुटार हाल काठमाडौं निवासी पद्मादेवी मिश्रबाट एक लाख पाँच हजार, मोहनराज मिश्र सुन्दरबजार– ७ तार्कुटार निवासी हाल डेन्मार्कबाट ३० हजार, इन्द्रविलाश ढकाल सुन्दरबजार– ६ हाल जापानबाट ५१ हजार चार सय ५० रुपैयाँ, दिपक ढुंगाना भानु– ११ हाल काठमाडौंबाट एक हजार पाच सय, मदन श्रेष्ठ सुन्दरबजार– ६ निवासी हाल दुबईबाट पाँच हजार प्राप्त भएको छ ।
यसैगरी, सुजन लामा भोटेवडार हाल अमेरिकाबाट १५ हजार, कृष्णबाहदुर थापा भोटेओडार हाल जापानबाट पाँच हजार, पुषोत्तम आचर्य भोटेवडार हाल दुबईबाट पाँच हजार, रमेश भुजेल फेदिकुनाबाट १५ हजार, हरिबहादुर कुँवर भोटेओडार हाल अमेरिकाबाट १६ हजार चार रुपैया, राम घले भोटेओडार हाल कोरियाबाट पाँच हजार, खगेन्द्र गुरुङ भोटेवडार हाल कोरियाबाट पाँच हजार, सुनिल कुँवर भोटेओडार हाल अमेरिकाबाट ५९ हजार पाँच सय पैंतालीस, कृष्ण कुँवर भोटेओडार हाल मकाउबाट आठ हजार, उपेन्द्र सापकोटा भोटेवडार हाल अमेरिकाबाट पच्चीस हजार, सुनिल अधिकारी भोटेवडार हाल दुबईबाट सात हजार सात सय सतहत्तर, विशाल अधिकारी भोटेवडार हाल नर्वेबाट पाच हजार पचास, सानू गुरुङ र पृतम गुरुङ भोटेवडार हाल बेलायतबाट १६ हजार, सिम्रन श्रेष्ठ भोटेवडार हाल अष्ट्रेलियाबाट दस हजार, रामकुमार श्रेष्ठ भोटेवडारबाट पाँच हजार, प्रकाश कार्की भोटेवडारबाट पाँच हजार, सुरेश श्रेष्ठ र सोनी श्रेष्ठ भोटेवडारबाट रु पाँच हजार, नरेन्द्र पाण्डे र भोटेओडारबाट पाँच हजार गरी कुल पाँच लाख साठी हजार तीन सय छब्बीस दाताहरूबाट सहयोग रकम संकलन भएको हो ।
उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मी, सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेम भट्टराई, सुन्दरबजार चेम्बरका उपाध्यक्ष निपेन्द्र श्रेष्ठ लगायतका महानुभावहरूको सहभागिता थियो ।

No comments:
Post a Comment