अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा बालिका तथा समावेसी शिक्षा सञ्जालको क्षमता अभिबृद्धि प्रशिक्षण शुरु गरिएको छ । तीन दिने उक्त भर्चुअल प्रशिक्षण आसमान नेपालद्वारा जेठ २३ गते शुरु भएको हो ।
गुणस्तरीय शिक्षामा बालिकाहरूको पहुँच बृद्धि गर्न, सरोकारवालाका बीचमा साझा बुझाई बनाउन, बालबालिका र किशोर किशोरीरूमा देखिने समस्याको समाधानका लागि छलफलको वातावरण तयार गर्ने अर्थात बालबालिकाका क्षेत्रमा पैरवी गर्न सक्ने, कमजोर क्षमताका लागि परामर्शद्वारा समावेसी बनाउने उद्देश्यले सो प्रशिक्षण सञ्चालन गरिएको हो । सो अवसरमा शैक्षिक एवम् सामााजिक अभियन्ता राजेन्द्र बोहरा प्रमुख प्रशिक्षक रहनु भएको उक्त तालिममा आयोजक संस्थाका पूर्वसामुदायिक परिचालकद्वय बिना थापा र सुनिता पन्तले सहशिक्षण गर्नु भएको थियो ।
पहिलो चरणको पहिलो दिनको प्रशिक्षणमा सुन्दरबजार नगरपलिकाका उपमेयर ज्ञानु शाह, क्ब्होलासोथर गाउँपालिकाका उपाध्यक्ष कुमारीमुनी गुरुङ, दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले सहित ४२ जनाको सहभागिता थियो । कार्यक्रममा दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले पहुँच पुु¥याउनका लागि नेपाल सरकारले दिवा खाजाको प्रवन्ध गाउँपालिकाले गरेको, त्यस्तै शिक्षकहरूको अभावमा पनि टिचफर नेपालसँगको सहभकार्यमा सो खाँचो पूर्ति गर्ने गरेका जस्ता अनुभव सेयर गर्नु भएको थियो ।
बोहराले बाल संरक्षण, समुदाय सहजीकरण र भएका अनुभव आदनप्रदान बालबालिका, बालबालिकाहरूले कसरी सिक्छन ? बालसिकाईमा हामीहरूबाट भएका असल अभ्यासहरू मेन्टोरिङ के, किन र कसरी गरिन्छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो । साथै, थापा र पन्तले मेन्टोरिङ्गका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै, दोस्रो दिन म, हामी र समुदाय विश्लेषण, विगतमा भोगेका राम्रा अनुभूति र प्राप्त आत्मवलको समिक्षा साथै परिवार र कार्यक्षेत्र व्यवस्थापन प्रारम्भिक बाल्यावस्था र किशोर किशोरी अवस्थाको हेरचाह र बाल विकासका चरणहरू र यस उमेरमा गरिने लगानी व्यक्ति, व्यक्तित्व, नेतृत्वसीप, अन्तरव्यक्ति संचारका सीपहरू र व्यवहार परिवर्तन आफ्नो समुदायमा घटेका बाल संरक्षण सम्वन्धि घटनाहरूका बारेमा सहभागीहरूसँग विवेचना गरिने आसमान नेपालका जिल्ला संयोजक विश्वविनोद घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार अन्तिम दिन बालअधिकार र कानुनीव्यवस्था, वालअधिकारको लागि गरिएका स्थानीय पहलहरू
बाल संरक्षण, सामाजिक मूल्य र मान्यता, विश्वास, बाल उमेर अनुसारको चुनौती र बालबालिका माथि हुने दुव्र्यवहारहरू (हिंसा, वेचविखन, बालश्रम, बालबिवाह, बाल यौन शोषण) आदिका बारेमा मेन्टोरिङ, सुपरभिजन, अनुगमन र मुल्याङकन साथै बालबालिकाहरूको सर्वोतम हितको लागि कार्ययोजना निर्माण र छलफलको अनुभव आदान प्रदान गरिने छ ।
दुई चरणमा हुने उक्त प्रशिक्षणमा पहिलो चरणमा सुन्दरबजार नगरपलिका, दोर्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकाका लागि गरिएको हो ।
दोस्रो चरणमा बेसीशहर, मध्यनेपाल र मर्स्याङ्दी गाउँपालिकामा गरिने जिल्ला संयोजक घिमिरेले जनाकारी दिनु भएको छ ।

No comments:
Post a Comment