अन्तरङ्ग सम्वाददाता
काठमाडौं– नेपालमा ‘नेपाल भेरियन्ट’ फेला परेको भन्ने सत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको अर्न्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भएपनि त्यसमा सत्यता नभएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जेठ २० गते बताउनु भएको हो ।
प्रवक्ता डा. पौडेलले नेपाल भेरियन्ट भनेर विश्व स्वास्थ्य संगठनले समेत नभनेको हुँदा विश्वास नगर्न आग्रह गर्नु भएको छ । पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको बताउनु भयो । उहाँका अनुसार यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको छ । उहाँले भन्नुभयो, ‘नेपालबाट गएका व्यक्तिमा डेल्टा बी.१.६१७.२ नयाँ भेरियन्ट देखिएको थियो होला, भारतीय भन्न खोजेको होला नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ ।’
यसैबीच, आज ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९०४ छ । २१ हजार ७७३ जनामा परीक्षण गर्दा उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।
अमेरिकाले नेपाललाई कोभिड भ्याक्सिन तर कति प्रष्ट छैन
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाउनु भएको पत्र तथा कुटनीतिक तहबाट गरिएका प्रयासले सार्थकता पाएको छ । जस अनुसार नेपाललाई अमेरिकाले भ्याक्सिन सहयोग गर्ने भएको हो ।
भ्याक्सिन अभावका कारण संकट बेहोरिरहेको नेपाललाई अमेरिकाले कुन भ्याक्सिन दिने र कति परिणाममा दिने भन्ने स्पष्ट भइसकेको छैन । उक्त भ्याक्सिन कहिलेसम्म आइपुग्ने भन्ने पनि निश्चित भइसकेको छैन ।
भारतले पैसा तिरिसक्दा पनि भ्याक्सिन नदिएपछि नेपालमा करिब १२ लाख जनसंख्या दोस्रो चरणको खोप लगाउन बञ्चित छन् । भ्याक्सिनको संकट भएपछि चीनले नेपाललाई दस लाख डोज भ्याक्सिन दिएको छ ।

No comments:
Post a Comment