अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा संक्रमित संख्या बढ्ने क्रम जारी छ । जेठ २० गते सात जना बालबालिकासहित ८० जना नयाँ संक्रमित थप भएका छन् भने एक जनाको निधन भएको छ । जिल्लामा संक्रमितको संख्या एक हजार १९४ पुगेको छ । कोरोनाका कारणले ज्यान गुमाउने संख्या १८ पुगेको छ । आज भने कोरोना जित्ने संख्या थप भएन, जिल्लाका कुल संक्रमित मध्ये ४३५ जनाले सफल भएका छन् ।
आजका संक्रमितमध्ये सबैभन्दा धेरै ३५ जना मर्स्याङ्दी गाउँपालिकाका छन् । त्यस्तै, राइनास नगरपालिकामा १५ जना, दोर्दी गाउँपालिकामा ८ जना संक्रमित पुष्टि भएको छ भने बेसीशहर नगरपालिकाका ६ जना र तनहूँ घर भई बेसीशहर बस्ने ८३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्ति अनुसार आज संक्रमित हुनेमा सात जना बालबालिका छन् । ८ वर्षका बालकदेखि ८३ वर्षीया बृद्ध महिला संक्रमित भएको पाइएको छ ।
मर्स्याङ्दी गाउँपालिका– ३ का ७० वर्षका पुरुष, वडानं– ७ का २५, २७, ३० वर्षका दुईजना, ३७, ३९, ४२, ४३, ४५, ४६ वर्षका दुईजना, ५१, ५४, ५६ वर्षका दुईजना, ५७, ६०, ६१, ७० वर्षका दुईजना र ७३ वर्षका पुरुष छन् । त्यस्तै सोही वडाका १६, ३१, ३२, ३५, ३६, ४० वर्षका दुईजना, ४४, ४७, ५२, ५३, ६८ र ८० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
राइनास नगरपालिका– ३ का २५, २७, ३१, ४१ र ५१ वर्षका पुरुष तथा ३०, ३६, ४० र ४६ वर्षीया महिला, वडानं– ४ का ४० र ५८ वर्षका पुरुष तथा ४० वर्षीया महिला छन् । त्यस्तै, वडानं– ६ का ८ र १२ वर्षका बालक तथा २५ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
सुन्दरबजार नगरपालिका– ९ का २५, ३०, ३१, ३६, ४४, ४९, ६० वर्षका दुईजना र ६१ वर्षका पुरुष संक्रमित भएका छन् भने सोही वडाका ३८, ४०, ४७, ५९ र ६१ वर्षीय महिला पनि संक्रमित भएका छन् ।
दोर्दी गाउँपालिका– १ का २४, २८, ५०, ५३, ५७ र ७४ वर्षका पुरुष, वडानं– २ का ६० र ६७ वर्षका पुरुष र ६७ वर्षीया महिला, वडानं– ४ का १४, १६ वर्षका बालक तथा २२, ३२ र ५५ वर्षका पुरुष तथा १४ वर्षीया बालिका र २७ वर्षीया महिला संक्रमित छन् । सोही गाउँपालिका– ६ का ७२ वर्षका पुरुष संक्रमित छन् ।
बेसीशहर नगरपालिका– ६ का ५८ वर्षका पुरुष तथा ५४ वर्षीया महिला, वडानं– ८ का ४० वर्षका पुरुष, वडानं– ११ का १५, ५५ र ५८ वर्षका पुरष संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज सन्दरबजार नगरपालिका– ३ का एक ४३ वर्षका पुरुष संक्रमितको दुःखद निधन भएको छ । यो मृत्यु हिजै भए पनि आज मात्र तथ्यांकमा समावेश गरिएको हो ।
आजसम्म जिललमा संक्रमण पुष्टि भएको सर्वाधिक संख्याको पाँचौं दिन हो । यसअघि जेठ १६ गते एकैदिन १ सय २४ जना, जेठ १२ गते एकैदिनमा ११२ जना नयाँ संक्रमित थप भएका थिए भने जेठ ९ गते ९७ जना, जेठ ११ गते ८४ जना संक्रमित फेला परेका थिए । आज २० गते ८० जना फेला परेको बताइएको छ ।
त्यस्तै, जेठ ३ गते ७२ जना, १० गते ७१ जना तथा जेठ १३ गते ६९ जना नयाँ संक्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।
स्मरणीय छ, यसप्रकार जिल्लामा कोरोना संक्रमणको पुष्टि हुने क्रम खासै घटेको छैन । त्यसैले जिल्ला प्रशासन कार्यालय आज जेठ २० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा थप एक साताको लागि बढाएर २७ गतेसम्मका लागि पुर्याएको जनाएको छ ।

No comments:
Post a Comment