प्रेस काउन्सिलले बल्ल पायो अध्यक्ष : पत्रकार बस्नेत नियुक्त - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, June 3, 2021

प्रेस काउन्सिलले बल्ल पायो अध्यक्ष : पत्रकार बस्नेत नियुक्त

अन्तरङ्ग सम्वाददाता

काठमाडौँ– चारवर्षदेखि कावा अध्यक्षबाट काम चलाउँदै आएको नेपाल प्रेस काउन्सिलले अध्यक्ष पाएको छ । सो पदमा सरकारले पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । दोलखा निवासी बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्षमा मन्त्री परिषद बैठकले जेठ २० गते नियुक्त गरेको हो ।

        पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहनु भएका बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा प्रेस युनियन र प्रेस संगठन नेपाल गठबन्धन गठबन्धनद्वारा पराजित हुनु भएको थियो ।

        लामो समय कान्तिपुर दैनिकमा काम गर्नु भएका बस्नेत कानुन व्यवसायी समेत हुनुहुन्छ । अब उहाँले काउन्सिलको चारवर्षसम्म नेतृत्व गर्नु हुनेछ । 

        चार वर्षअघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको  हो । बरालको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेको थियो । यसबीचमा काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो । त्यसबीच किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्ष रहनु भएको थियो ।

        बस्नेतको नियुक्तिलाई सरकारले उनको यो नियुक्तिलाई सर्वाेच्च अदालतका न्यायाधीशबराबर मान्यता दिएको छ । उहाँ यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त हुनुभएको थियो ।

No comments:

Post a Comment