अन्तरङ्ग सम्वाददाता
भोर्लेटार(लमजुङ)– मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे एक युवाको उपाचारका लागि जमानी बस्नु भएको छ । सोही नगरपालिका– १, जिताका ३२ वर्षका सन्तोश न्यौपानेको उपचारको निम्ति नगरप्रमुख पाण्डेले जमानी बसेर असार १५ गते सहयोग गर्नु भएको हो ।
न्यौपाने रुखमा चढेर घाँस काट्ने क्रममा चिप्लिएर लडी गम्भीर घाईते हुनु भएको थियो । न्यौपानेलाई उपचारका लागि दुईपिप्ले अस्पतालमा लगिएको थियो तर त्यहाँ उपचार सम्भवन हुन नसकेपछि पोखरा रिफर गरिएको थियो । खर्चको अभावमा उपचारबाट कोहिपनि बञ्चित हुन नहुने भन्दै आँफूले उपचार खर्च व्यवस्थापन गर्ने जिम्मा लिएको मेयर पाण्डेले बताउनु भयो ।
पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्याईएका न्यौपानेको उपचारमा खर्च अभावका कारण समस्या सिर्जिएपछि मेयर पाण्डेले उहाँलाई उपचारमा सहयोग गर्नु भएको हो । मेयर पाण्डे आफै अस्पतालमा पुगेर घाईते, उनका परिवार र अस्पताल व्यवस्थापन टिमसँग छलफल गरी उपचार खर्च उपलब्ध गराउने जमानी बसेपछि न्यौपानेको उपचार शुरु भएको पीडितका परिवारजनले बताएका छन् ।
न्यौपानेको तत्कालै शल्यक्रिया गर्नुपर्ने र त्यसका निम्ति खर्च अभाव भएपछि उपचार गर्न समस्या भएको थियो परिवार श्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार न्यौपानेको ढाड भाँचिनुका साथै शरिरका अन्य भागमा पनि गहिरो चोट छ ।
न्यौपाने रुखबाट लडेर घाईते भएसँगै मध्यनेपाल– १, वडा कार्यालयले एम्वुलेन्सको व्यवस्थापन गरेको मध्यनेपाल वडा नम्वर १ का अध्यक्ष चन्द्रमणी पौडेलले बताउनु भयो । उहाँका अनुसार न्यौपानेको उपचारको निम्ति स्थानीय छिमेकीहरूले पनि ५० हजार रकम संकलन गरी पठाएका थिए ।


No comments:
Post a Comment