अन्तरङ्ग सम्वाददाता
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त हुन सकेन । आज प्रदेशसभामा विश्वासको मत लिने क्रममा उहालाई विश्वासको मत प्राप्त हुन नसकेको हो । योसँगै उहाँ नेतृत्वको सरकार जेठ २७ गते फेरि ढलेको छ । सरकारका मन्त्री रहेका मनाङेले मतदानमा भाग लिएनन् । त्यसो त उनको मतले पनि सरकारकालागि आवश्यक विश्वासको मत पुग्दैनथ्यो ।
प्रदेश सभामा गुरुङले राख्नु भएको विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा गुरुङको पक्षमा २७ मत मात्र पर्यो भने विपक्षमा ३० मत प¥यो । उहाँ नेतृत्वको सरकारमै रहेको दीपक मनाङे मतदानमा अनुपस्थित रहे भने जनमोर्चाबाट कारवाहीमा पर्नु भएका कृष्ण थापा तटस्थ बस्नु भयो । यस्तो मतदानको बेलामा मत बराबर भएको खण्डमा मात्र सभामुखले मतदान गर्न पाउने प्रावधान छ । प्रदेश सभामा सभामुख सहित ६० सदस्य छन् ।
गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार संसदमा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नु भएको थियो ।
अब प्रदेश प्रमुख सीताकुमारी पैडेलले १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्नु हुनेछ ।

No comments:
Post a Comment