अन्तरङ्ग सम्वाददाता
बेसीशहर– खुशीको खबर छ । लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को संक्रमितको नयाँ पुष्टि हुने संख्या आज शून्यमा झरेको छ । कोरोनाको दोस्रो प्रकोपको शृंखला शुरु भएपछि संक्रमण शून्य भएको आज असार ६ गते पहिलो दिन हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतले आज संक्रमण पुष्टिभएको खबर कतैबाट नआएको बताउनु भयो । उहाँका अनुसार हिजोअस्ति जे जसरी खबर आउथ्यो आज आएको छैन । उहाँले भन्नुभयो, ‘आज संक्रमण पुष्टि भएको खबर नआएको हुँदा सधैं जस्तो विज्ञप्ति जारी गर्न आवश्यक ठानिएन ।’
असार ५ गतेका दिन १६ जनामा संक्रमण पुष्टि भएको थियो भने असार ४ गते संक्रमितको संख्या एक अंकमा झेरर ८ जनामा पुष्टि हुन आएको थियो । त्यस्तै, असार असार ३ गते पनि थप ६१ जना, असार २ गते ५७ जना र असार १ गते ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसअघि जेठ १२ गते एकैदिनमा ११२ जना सबैभन्दा बढी नयाँ संक्रमित थप भएका थिए, अन्य बढी संक्तमित संख्या पुष्टि भएकोमा जेठ १० गते ९७ जना र ११ गतेका दिन ८४ जना संक्रमित भएको पुष्टि भएको थियो ।

No comments:
Post a Comment