अन्तरङ्ग सम्वाददाता
बेसीहशर– जिल्ला प्रहरी कार्यालयका निवर्तमा प्रमुख प्रनाउ गंगाबहादुर थापाद्वारा लमजुङको बसाई सफल रहेको दावी गरेको विदितै छ । त्यसका केही फेहरिस्त हामीलाई प्राप्त भएको छ ।
मानिस मात्रको कर्तव्य राम्रो गर्नु हो । त्यसमा पनि पदवालाहरूलाई नराम्रो गर्ने छुट हुँदैहुँदैन । त्यसैले, लमजुङ बसाईको करिब एक बर्षे कार्यकाल प्रनाउ थापाको कस्तो रह्यो ? कर्तव्यनिष्ठ, इमान्दार, अनुशासित, पारदर्शी क्रियाशील एवम् कर्मठ समेतका नाउँमा उनी जिल्लाका आएको छ महिना नहुँदै तत्कालीन प्रदेश सरकारबाट पुरस्कृत समेत हुनुभएका प्रनाउ थापाका पालामा लमजुङमा भएका केही घटनाहरू–
प्रहरी प्रमुखको नाताले प्रनाउ थापाले गरेका अनुसन्धानको कार्यमा दुराडाँडा, मध्यनेपाल नगर पालिका, जाने बेलामा राइनस नगरपालिका लगायतका घटनाले बारम्बार उहाँलाई सम्झन घच्घच्याई रहने बनाएको छ । भलै ती घट्नामा उहाँबाट निष्पक्ष रुपमा छानबिन गरिएन भन्ने प्रायोजित समाचारका भिडियो बाहिरएका किन नहुन् । त्यस्तो प्रचारवाजी गर्नका लागि प्रनाउ थापाले के कति खर्चिनु भयो होला ? त्यो पनि अनुमानको विषय बनिरहेको छ । किनिक, साच्चै उहाँको कार्यकाल विवाद रहित भएको भए त्यसका बारेमा सबै पत्रकाले लेख्ने थिए । युटुभमार्फत चर्चित हुन प्रयास गर्न आवश्यक हुँदैनथ्यो ।
मध्यनेपाल नेपाल नगरपालिकामा गत चैत्र २१ गतेको घटना नेपाल प्रहरीको इतिहासमा नै कालो अक्षरले लेखिने भएको छ । झण्डै आधा दर्जन प्रहरीले समेत कुटाई खाएको उक्त घ्टनामा अपराधीलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्न बाथाले आलटाल भयो । अन्ततः टालटुलमै घटनाका दोषीलाई बचाउने काममा उहाँको विशेष भूमिका रह्यो । उक्त घटनाको बिषयमा स्थानीयले प्रहरीलाई ज्ञापन पत्र समेत बुझाएका थिए तर त्यस ज्ञापन पत्रको समेत कार्यन्वयन भएन । आजका दिनमा पनि ती पीडित प्रहरीहरूको आत्माले के भनिरहेको होला ? हामी अनुमान गर्न सक्छौं ।
त्यस्तै, यसअघि भएको दुराडाँडा हत्याकाण्डको दोस्रो दिन घट्नाको दोषी को हुन् ? भन्दै प्रनाउ थापाबाट हौवा फैलाउने काम भयो ? तर भोलिपल्टै पत्रकार सम्मेलनमा दोषी को हो ? भनेर सार्वजनिक गरियो ? आजको जमानामा पनि निर्दोष मनिसलाई कुटेर अपराध स्वीकार्न लगाउने नेपाल प्रहरीमा अपवाद प्रनाउमा थापा दर्ज भएको हुनु पर्छ । अपराध नै गरेको भए पनि हत्या गरिएकी श्रीमतीको अन्तिम विदाईका बखत शवमा एक थुंगा फूल चढाउन, चितामा दागबत्ती दिने सुविधासम्म मृतककी लोग्नेलाई नदिएर प्रनाउ थापाले गरेको मानवअधिकार धज्जी उठाउने काम तथा मानवीयताको प्रदर्शनलाई लमजुुङबासीले लाग्छ जीवनभर भुल्ने छैनन् ।
उक्त घट्नालाई नजिकबाट नियालेका जन्मथलो समेत दुराडाँडा भई, पत्रकार महासंघको जिल्लाको संस्थापक अध्यक्ष हुनुका साथै हाल स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय सल्लाहकार रही त्यो समाचार लेख्ने पत्रकारका प्रति प्रनाउ थापाले बोली समेत बारेर ती पत्रकारलाई दोबार्दै आफनो चाकडीमा सामेल गर्न गराउन गरेको व्यवहार पनि उत्तिकै स्मरण लायक छ ।
त्यसैगरी, राइनास नगरपाकिलाको एक माविकी छात्राको इज्जत लुटिएको घट्नामा प्रनाउ थापाले बर्दी पहिरिएर निभाएको भूमिकाप्रति उहाँकै कार्यालयका एक प्रहरी अधिकृतले उहाँकै सामान्नेमा उहाँले पहिरिएको सत्य सेवा सुरक्षणम्को बर्दी देखाउँदै ‘यो किन पहिरिएको हो, यसको इज्जत राख्नु पर्दैन ?’ भन्दै प्रश्न गर्दा समेत प्रनाउ थापा नाजवाफ भएको दृश्य जिल्ला प्रहरी कार्यालयमा कार्यरतहरू सबैको नजरमा आजका दिनमा पनि घुमिरहेको जिल्ला प्रहरी कार्यालयको परिसरमा समेत चर्चा पाइरहेको छ ।
थापाको ठाउँमा यतिबेला लमजुङको प्रहरी प्रमुखको रुपमा कृष्णबहादुर कार्की आउनु भएको छ । कार्कीले प्रहरी सेवामा कार्यरत हुदा सुडान युएन मिसन लगायत विभिन्न प्रहरी संगठनको अनुभव प्राप्त गर्नु भएको छ । प्रहरी सेवामा छंदा २०६३ को एक घट्नामा उहाँले एउटा भिडलाई शान्त गर्न खटिंदा उग्र भएको भिडले आफूलाई मरणासन्न हुने गरी कुटेका अवस्थामा पत्रकारहरूले बचाएको सम्झना ताजै छ । तथापि उहाँले सञ्चारमाध्यमले गुणगान गाएको मन नपराउने, कामलाई प्राथमिकता दिने स्वभाव छ प्रनाउ कार्कीको । उहाँ हालै कास्की प्रहरी तालिम केन्द्रबाट लमजुङ आउनु भएको हो ।
यसैगरी, पाउँदीमा अघिल्लो वर्ष भएको एक हत्याकाण्डका अपराधी पत्ता लगाउन आजका दिनसम्म प्रहरी असफल रहेको छ । तर प्रनाउ थापाले पद बहाल गरेको साता दिन नबित्दै उक्त हत्याकाण्डका हत्याराको नजिक पुगेको र छिटै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेकोमा उहाँको कार्यकाल सिद्धिदा समेत सो घट्नाका दोषी फेला पार्न थापाको क्षमताले भ्याएन ।
प्रनाउ थापाको विवादास्पद छविका कारण यतिबेला सबैसँग समदुरीमा रहनु पर्ने दायित्व बोकेका पत्रकारहरूले जिल्लाका प्रहरी तथा प्रशासन प्रमुखलाई स्वागत वा विदाई गर्न हुने कि नहुने ? भन्ने लमजुङका पत्रकारहरूबीच परिचर्चा चलिरहेको छ ।
स्मरणीय छ, कार्की र थापा दुबै जना पोखराबासी हुनुहुन्छ ।

No comments:
Post a Comment