लमजुङमा कोरोना संक्रमित संख्या स्थिर अर्थात आज पनि १७ जना नयाँ संक्रमित थप - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 22, 2021

लमजुङमा कोरोना संक्रमित संख्या स्थिर अर्थात आज पनि १७ जना नयाँ संक्रमित थप

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को संक्रमितको नयाँ आज स्थिर देखिएको छ । हिजो असार ७ गते जस्तै आज ८ गतेका दिनमा पनि १७ जना संक्रमण पुष्टि भएसँगै हिजो र आज नयाँ संक्रमित संख्या समान संख्या १७ भई अवस्था स्थिर देखिएको हो  । आज पनि थप एक जनाको दुःखद निधन भएको छ ।

        आज सबैभन्दा कम उमेरका संक्रमित १२ वर्षका बालक छन् भने अधिक उमेरमा ७२ वर्षीया महिला छन् । उनीहरू दुवैजना मध्यनेपाल नगरपालिका– ५ का हुन् ।

        आज बसैभन्दा बढी संक्रमित पनि मध्यनेपाल नगरपालिकामै ८ जना देखिएका छन् भने सुन्दरबजार नगरपालिकाका ६ जना, बेसीशहर नगरपालिकाका २ जना र मर्स्याङदी गाउँपालिका– ६ का ६८ वर्षका पुरुष संक्रमित भएको जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

        आजका संक्रमितहरूमा मध्यनेपालनगरपलिका– ५ का १२ वर्षका बालक, २०, ४२ र ७० वर्षका पुरुष तथा ५४ र २ वर्षीया महिला छन् । 

        सुन्दरबजार नगरपालिका– २ का ४१ वर्षका पुरुष, वडानं– ७ का ४० वर्षीया महिला छन् भने वडानं– ९ का २९, ३७ र ५१ वर्षका पुरष र ३५ वर्षीया महिला संक्रमित भएको पुष्टि भएको छ । 

        त्यस्तै, बेसीशहर नगरपालिका– १ का ५६ वर्षीया महिला र वडानं– ३ का ५० वर्षका पुरुषमा संक्रमण पुष्टि हुन आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार हिजो निधन भएका एकजनाको आजको तथ्यांकमा समावेश गरिएको छ, जसअनुसार जिल्लामा कोरोनाका कारण निधन हुनेको संख्या २५ पुगेको छ । आजका दिनसम्म कोरोना जित्नेको कुल संख्या एक हजार ८२४ पुगेको छ । यसैगरी, सक्रिय संक्रमितको संख्या ४३४ जना रहेको उक्त विज्ञप्तिमा उल्लेख छ । आजका दिनसम्म कोरोना जित्ने जिल्लाको कुल संख्या एक हजार ३५६ रहेको छ । 

        स्मरणीय छ, असार ६ गते जिल्लाका संक्रमित संख्या शून्य भएको थियो भने ४ गतेका दिनमा संक्रमित संख्या एक अंकमा झरेर ८ जना संक्रमित पुष्टि भएका थिए । तर हिजो असार ७ गते र आज ८ गतेको संक्रमण संख्या समान १७ रहेको छ ।

No comments:

Post a Comment